• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » चलचित्रमा किसानको गाई मर्दा भकानो छाडेर रुने कृषि मन्त्रीले खेतमा धन नरोपेर गमलामा रोपेर दुनियाँ यसरी हँसाए !
चलचित्रमा किसानको गाई मर्दा भकानो छाडेर रुने कृषि मन्त्रीले खेतमा धन नरोपेर गमलामा रोपेर दुनियाँ यसरी हँसाए !

काठमाडौं, असार १५ – असार १५ को दिन किसान खेतमा हिलो खेल्दै धान रोप्न ब्यस्त छन् । मानो रोपेर मुरी फलाउने दिनका रुपमा चिनिएको असार १५ मा सरकारले पनि विभिन्न कार्र्यक्रम गर्दै आएको छ । यस अवसरमा मन्त्री र कर्र्मचारी पनि धान रोप्न हिलोमा पस्छन् । बानी नपरेका र खानदानी परिवारमा जन्मेकाहरु पनि असार १५ मा घिन मानेरै भएपनि हिलोमा पस्छन् । तर कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरलेले भने हलभित्रको गमलामा धान रोप्नुभएको छ ।

हिलोमा जान अल्छी मानेर उहाँले गमलामा धान रोप्नुभएको होइन, बरु असार १५ को अवसर पारेर हलभित्र गरिएको कार्यक्रम उहाँले धान रोपेर उद्घाटन गर्नुभएको हो । नेपाल कृषी अनुसन्धान परिषद् नार्कको सभाकक्षमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम फरक शैलीले उद्घाटन भयो ।  राष्ट्रिय धान दिवस भएकाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्ने चलन रोकेर मन्त्री गजुरेलले गमलाको हिलोमा धान रोप्नुभएको हो । मन्त्रीले रोपेको धान हुर्काएर फलाउने नार्कका कर्मचारीले बताए ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com