• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » एक यात्रुको तस्वीरले विमानस्थलको अध्यागमनमा फेसबुक र युट्युब बन्द र तस्बिर बन्यो यसरी भाइरल !
एक यात्रुको तस्वीरले विमानस्थलको अध्यागमनमा फेसबुक र युट्युब बन्द र तस्बिर बन्यो यसरी भाइरल !

काठमाडौं । गत जुन १८ गते त्रिभुवन अन्तराष्टिय विमानस्थलमा विदेश यात्राबाट फर्किँदा विमानस्थलको पब्लिकको पासपोर्ट परीक्षण गर्ने शाखामा रहेका एक कर्मचारी ढुक्कसँग सामाजिक सञ्जालमा रमाईरहेको तश्वीर खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिदिए । सेवाग्राहीलाई सेवादिने कर्मचारी सामाजिक सञ्जालमा व्यस्त रहेको फोटो सामाजिक सञ्जालमा एकाएक भाइरल बन्यो । 

जुन समाचार विस्तारै प्रधानमन्त्रीसम्म पुग्यो र कार्यालय प्रमुखसँग स्पक्ष्टीकरण पनि सोधियो । जसको प्रभावस्वरूप आजको एक साता अघिदेखि त्रिभुवन अन्तराष्टिय विमानस्थलमा फेसबुक र युटुबमा प्रतिबन्ध लगाईएको छ । 

विमानस्थलका अध्यागमन विभागका निमित्त प्रमुख उद्धवप्रसाद तिमल्सिनाले एकसातादेखि सामाजिक सञ्जाल बन्द गरिएको जानकारी दिए । उनका अनुसार आगमन र प्रस्थान तर्फका कार्यालयहरूका कम्प्युटरमा यी दुई सामाजिकसञ्जाल नखुल्ने बनाईएको उनले जानकारी दिए । 


के हो वास्तविक कुरा ?

निमित्त प्रमुख तिमल्सिनाका अनुसार पब्लिकले आवतजावत गर्दा पासपोर्ट नम्बर दर्ता गर्न राखिएको रजिस्टर्ड बाहिर कुनैपनि सेवागग्राहीले दर्ता गरेको या नगरेको भनेर हेर्नको लागि एउटा शाखा तोकिएको छ । जहाँ एक कर्मचारी खटाईन्छ । तर, उनको काम त्यही हेर्ने बाहेक अरू केही पनि तोकिएको छैन । पासपोर्ट नम्बर दर्ता गराएर मात्रै जानुपर्छ भन्ने सबैलाई थाहाभएकोले नयाँ बाहेक अरूलाई सो कुरा सिकाउनु नपर्दा उसको दिनभरी खासै काम नहुने गरेको अध्यागमन कार्यालयले जनाएको छ । 

त्यसैले उसले सामाजिक सञ्जाल चलाएको समयमा यात्रुले फोटो खिचेर अनावश्यक समस्या दिने गरी तस्वीर पोष्ट गरेको भएपनि प्रधाननमन्त्रीको निर्देशन पछि आफूहरूले सामाजिक सञ्जाल बन्द गरेको जानकारी समेत प्रधानमन्त्री कार्यालयमा पठाईसकिएको जानकारी दिएको छ ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com