• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health » फेसबुको मायाले सहमतिमा खिचिएको ‘सेक्स टेप’ भिडियो नै युट्युबमा राखे पछि .........
फेसबुको मायाले सहमतिमा खिचिएको ‘सेक्स टेप’ भिडियो नै युट्युबमा राखे पछि .........

SEXUAL_HARASSMENT_250142388_910232420-640x330
काठमाडौं–शहरतिर आजकल ‘ब्रोइलर’ मायाका अनेकन व्यथा छन्, फेसबुक, टुवीटर र ह्वाट्समार्फत गाँसिने । एउटा लहडमा प्रेम बस्छ र अर्को मोडमा साइबर क्राइमले एउटालाई प्रहरीको खोर, अर्कोलाई विरहको पोखरीमा पुर्याउँछ । 

दक्षिण कोरियामा थिए, अभय बाँस्कोटा । १२ घण्टा काममा जोतिएपछि फुर्सदमा फेसबुक खोल्थे । त्यहीँ भेटे विनिता लामा (नाम परिवर्तन) लाई ।

शरिर सुन्दर थियो, उमेर सुहाउँदो । अभयले फ्रेण्ड रिक्वेस्ट पठाए । विनिताले स्वीकारीन् । दुई महिनामै ‘मन’ साटासाट चल्न थाल्यो । करिब एक वर्ष अफेयर चल्यो । शरीर भेट नभए पनि एकापसबिना बाँच्नै नसक्ने स्थिति भयो ।

अभय दुई महिना अघि स्वदेश फर्किए । मुख्य उद्देश्य थियो विनितासँग वैवाहिक सम्बन्ध गाँस्ने । फेसबुकमा मात्र कुरा भएको जोडीलाई कतिबेला भेटौं भन्ने हुने नै भयो ।

विनिता अभयलाई रिसिभ गर्न एयरपोर्ट पुगिन् । अभय काठमाडौं फिरेको एक हप्ता रात र दिन साथै बिताए । मदहोस् प्रेम न थियो, कच्चा उमेरको ।

तनमन साटेर आफूलाई मात्र भुलाएनन्, ती दृश्यलाई आ–आफ्ना मोबाइलमा कैद गर्न पनि भ्याए । सम्बन्धलाई विधिपूर्वक सम्पन्न गर्न दुवै आ–आफ्ना परिवार कहाँ गए । तर, गाउँ पुगेपछि कथाले अर्को मोड लियो ।

विनिताले कुरा फेरिन् । घरपरिवारले रोजेको जातकै केटासँग बिहे गर्ने भइन् । अभय विरक्तिए । कहिले मर्न तम्सिए त कहिले विनितालाई मार्न ।

फकाए । तर, अहँ, विनिता कसै गरी मानिनन् । दुईबीचको सहमतिमा खिचिएको सेक्स टेप अभयसँग थियो । पहिला आफ्नो कुरा नमानेमा त्यो सार्वजनिक गर्ने धम्की पनि दिए । तर, धम्कीले छोएन । नभन्दै अभयले रंगिन रातमा दृश्य युट्युबमा हालिछाडे ।

यतिबेलासम्म विनिता गाउँमै थिइन् । सेक्स टेपले हंगामा मच्चियो । गाउँबाट काठमाडौं फर्किइन् । अपराध महाशाखा पुगिन् । एसएसपी सवेन्द्र खनाललाई सुनाइन् ।

प्रहरीले खोज्न थालेपछि अभय काठमाडौंमा भाग्दै हिँडे । तर, अहिलेको प्रहरी न हो, मान्छे धर्तीमा बाँचेसम्म किन छाड्थ्यो र ? मदिाका प्यालाले जीवनका विरह साँटिरहँदा अभयको आँखा अगाडि झल्यास्स केही मान्छे प्रकट भए ।

ती मान्छेसँग टलक्क टल्किने फलामे हत्कडी थियो । त्यही हत्कडी बाँधियो । ‘मैले माया गरें । मायाको बन्धनले होइन, हत्कडीको साँचोले मलाई कैद गर्यो’ भन्दै रुन थाले ।

एक जना प्रहरीले ‘बढ्ता बोल्छस् साले’ भन्दै पछाडीबाट भुक्क हानी हिरासतमा कोचिदिए । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

Labels: Comedy, Entertainment, Health

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com