• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Entertainment, Health, News » मनिषा मृत्यु प्रकरणः प्रहरी भन्छ अनुसन्धान थप जटिल बन्यो
मनिषा मृत्यु प्रकरणः प्रहरी भन्छ अनुसन्धान थप जटिल बन्यो

manisha murder (2)
नवलपरासी– राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ । मृत्युमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को पोलिग्राफ परीक्षण प्रतिवेदन र मनिषाको शवको परीक्षण प्रतिवेदनको आधारमा मृत्यु प्रकरण थप रहस्यमय हुनुको साथै अनुसन्धान थप जटिल बनेको प्रहरीले बताएको हो । 

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा घटनाको सूष्मरुपमा अनुसन्धान भइरहेको र हालसम्मको अनुसन्धानका क्रममा सो घटना हत्या हो वा होइन भन्नेबारे केही भन्न नसकिने प्रहरीले भनाइ छ । पत्रकार सम्मेलनमा आशिषको पोलिग्राफ परीक्षण प्रतिवेदनअनुसार आशिषले मनिषाको हत्या नगरेको देखिएको पोलिग्राफ परीक्षणमा संलग्न क्षेत्रीय प्रहरी कार्यालयका पोखराका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताए । उनले भने, “आशिषको पोलिग्राम रिपोर्टअनुसार आशिषले मनिषाको हत्या नगरेको देखिन्छ” यद्यपि थप अनुसन्धान जारी छ । यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालले मनिषाको शवको परीक्षण गरेको प्रतिवेदनअनुसार मनिषाको मृत्युको मुख्य करण घाटीमा दबाब परेको भएको प्रतिवेदनमा उल्लेख छ । 

यता विभिन्न सञ्चारमाध्यम र आम जनमानसको यो घटनाप्रति बढी रुपमा चासो देखिएको हालसम्म भएको अनुसन्धानबारे पत्रकार सम्मेलन आयोजना गरी हालसम्मको अनुसन्धानत्मक अवस्थाबारे जानकारी दिइएको लुम्बिनी अञ्चल कार्यालय भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेरबहादुर केसीले बताए । केसीले भने “घटनाको बारे अहिले केही भन्न सकिने अवस्था छैन, शव परीक्षण गर्ने चिकित्सकसँग पनि छलफल गर्ने छौँ । अझै घटनाको प्रष्ट वितरण आउन दुई साता लाग्ने छ ।” प्रहरीले अहिलेसम्मको प्रारम्भिक अनुसन्धानका क्रममा आशिषले मनिषाको सिधै हत्या नगरेको भए पनि आशिषकै कारण मनिषाको मृत्युको कारण रहेको प्रारम्भिक अनुमान गरेको छ । मनिषा नवलपरासीको बर्दघाट–८ पञ्चनगर भानुनगर गाउँस्थित आफ्नै घरमा गत बिहीबार बिहान मृत अवस्थामा फेला परेकी थिइन् । मनिषाको हत्या भएको आशङ्कामा प्रहरीले मनिषाका प्रेमी नवलपरासी तिलकपुरका रुद्रनारायण चौधरी आशिषलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

Labels: Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com