• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, International » विद्यार्थीलाई लोभ गरेर भगाउने शिक्षकलाई यसरी गाउलेले चार पाटे मुडेर जुत्ताको माला
विद्यार्थीलाई लोभ गरेर भगाउने शिक्षकलाई यसरी गाउलेले चार पाटे मुडेर जुत्ताको माला

छात्रालाई भगाउने शिक्षकलाई जुत्ताको माला
काठमाडौं: आफ्नै विद्यार्थीसँग प्रेममा परेर विवाह गरेका शिक्षकलाई गाउँलेले जुत्ताको माला लगाएर कुटपिट गरेका छन्।

कक्षा ९ मा अध्ययनरत छात्रालाई प्रेम जालमा फसाएर विवाह गरेपछि बिहारका शिक्षक शैलेन्द्र कुमारलाई त्यहाका स्थानीयबासीले कुटपिट गरेका हुन्।

यो पुरा घटना भारतको बिहार राज्यस्थित नालन्दा जिल्लाको नगरनौसा टोलमा भएको हो। आफ्नै छात्रालाई भगाएर तेस्री श्रमती बनाउने शिक्षक शैलेन्द्रकुमारलाई गाउँलेले पक्रेर यस्तो सजाय दिएका हुन् ।

गाउँलेहरु भेला भएर उनलाई जुत्ताको माला लगाउँदै जुलुससहित नगर परिक्रमा गराएका थिए। बाटोमा घुमाइरहेका बेला महिलाहरुले उनलाई कुचोले पनि हानेका थिए। उनको यो पहिलो विवाह थिएन ।उनले गरेको यो तेस्रो विवाह हो। तीनजना छोराछोरीका बाबु उनका दुबै श्रीमती जीवितै छन् ।

छात्राका घरपरिवारले शैलेन्द्रले आफ्नी छोरीलाई लिएर पटना भागेका दाबी गर्दै प्रहरीमा पुगेका थिए ।शिक्षकले आफ्नी छोरी भगाएको थाहा पाएपछि बिहीबार प्रहरीमा पुगेका परिवारकै उजुरीको आधारमा 'लभगुरु' समातिए ।

पुलिसले शिक्षकसहित छात्रालाई नियन्त्रणमा लिएर दुबैलाई अदालतमा उपस्थित गराएका थिए। ती छात्राले पनि अदालतमा आफू शिक्षकसँगै बस्ने बताएकी छन्। यता उनलाई पिट्दै जुत्ताको माला लगाएर गाउँ घुमाउने २० गाउँलेविरुद्ध शिक्षकले पनि प्रहरीमा उजुरी दर्ता गरेका छन्। 

Labels: Comedy, Entertainment, International

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com