• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » यति एयर लाईन्सको मालिकको छोरा नै नक्कली पाइलट भएको खुलासा
यति एयर लाईन्सको मालिकको छोरा नै नक्कली पाइलट भएको खुलासा



काठमाडौं, । प्रहरीले नक्कली समाउने क्रम तिब्र रुपमा अगाडी बढाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका अति विस्वास पात्र यति एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पाका छोरा नै नक्कली पाइलट भएको खुलासा भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली पाइलटमाथी छानविन थाले लगतै आङ छिरिङका छोरा नरभु शेर्षाले राजीनामा दिएका छन् । नक्कली पाइलट शेर्पाले बर्षौदेखि विमान उडाउँदै आएका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली पाइलटमाथी छानविन थाले लगतै दुई महिनाभित्र २२ पाइलटले राजीनामा दिएका छन् । कारवाही त्रासमा राजीनामा दिने पाइलट मध्ये एक आङ छिरिङका छोरो नरभू शेर्पा पनि परेका छन् । उनले लामो समयदेखि नेपाली आकासमा जहाड उडाइरहेका थिए ।

सिआइवीका अनुसार दर्जनौ पाइलटमाथी छानविन सुरु भएको छ । जसमा सवैभन्दा बढि नक्कली पाइलट यति एयरलाइन्समा भएको ठहर प्रहरीले गरेको छ । प्राविधिकरुपमा यति एयरलाइन्सका विमानहरु निकै कमजोर छन् । नेपाल बायू सेवा निगमले कवाडमा कटाउन राखेका विमान समेत आङ छिरिङको स्वामित्वमा रहेको तारा एयरलाइन्सले उडाइरहेको छ ।

प्राविधिकरुपमा कमजोर विमान र नक्कली पाइलटका कारण यति एयरलाइन्सको यात्रा निकै जोखिमपूर्ण भएको नागरिक उड्यन प्राधिकरणका एक प्राविधिकले बताए । ‘अरु भन्दा यति र ताराका विमानहरुमा यात्रा गर्न निकै जोखिम छ, तर कारवाही गर्न हामीलाई सरकारल हात बाँधेको छ’ उनले भने ।

उता यति एयरलाइन्सका संचार अधिकृत भीमराज राइले भने नागरिक उड्यन प्राधिकरणले नै प्रमाणित गरेका पाइलटले विमान उडाउने गरेको बताए । ‘को सक्कली हो र को नक्कली हो त्यो हेर्ने काम एयरलाइन्सको होइन’ उनले भने ‘दक्ष देखेपछि विमान उडाउने पाउने हो ।’

राइले यति एयरलाइन्सका केही पाइलटले राजीनामा दिएको स्वीकार गरे । ‘केही पाइलटले राजीनामा दिनुभएको छ, तर यसलाई नक्कली र सक्कलीका आधारमा हेर्नु हुँदैन ।, सक्कली र नक्कली छुट्टयाउने निकाय पनि हामी होइनौ ।

Labels: Comedy, Entertainment, News

1 comments

Aryan Rai
June 23, 2016 at 5:27 AM

because PM himself is a puppet of Mr. Ang chiring sherpa. party head office is a gift to Ne Ka Pa e ma le at Dhumbarahi which was earlier pasang lhamu mountaineering.

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com