जापानबाट सनसनीपूर्ण खबर: जापानी युवतीलाई यौन दुव्र्यवहार गर्ने नेपाली पक्राउ
जापानमा राम्रो काम गरेर चर्चामा आउने नेपाली र नेपाली समूदायकाबीचमा कहिलेकाहीं आपराधिक काम गर्ने नेपालीले ती सबै राम्रा कामलाई ओझेलमा पार्ने गरिदिएका छन् ।
यस्तै भएको छ टोकियोमा एक जापानी युवतीमाथि यौन दुव्यर्वहार गरी घाइते बनाउने नेपाली प्रहरीको फन्दामा परेका छन् ।
समाचार अनुसार नेपाली रेष्टुरेन्टमा खाना खान आएकी ती युवतीलाई सोही रेष्टुरेन्टमा कामगर्ने ४६ वर्षीय हरिकृष्ण पोखरेलले यौन दुव्र्यवहार गरी घाइते बनाएका हुन् । जापानको टिविएस टेलिभिजनका अनुसार उनले खाना खान आएका सबै ग्राहक फर्किसकेपछि युवतीलाई एक्लै भएको मौका पारी यौन दुव्र्यवहार गरेका थिए ।
प्रहरीले पक्राउ गरेपछि उनले युवतीलाई अँगाले मात्रै हालेको बयान दिंदै अन्य आरोप अस्वीकार गरेका छन् । सो समयमा रेष्टुरेन्टमा अरु कामदार पनि भएकाले उनीहरुसंग जानकारी लिने काम भैरहेको प्रहरीले जनाएको छ ।

0 comments
Write Down Your Responses