• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » उपराष्ट्रपतिका कारण सडक जाम भए पछी आफ्नै छोराले यसरी पोखे कडा आक्रोस
उपराष्ट्रपतिका कारण सडक जाम भए पछी आफ्नै छोराले यसरी पोखे कडा आक्रोस



काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए। त्यहि जाममा एक घण्टा बस्नु परेपछि उनलाई रिस मात्रै उठेन उनले त्यो रिसलाई फेसवुककै भित्तोमा लेखिदिए।

उनले आफू उपराष्ट्रपतिको छोरा भए र पनि बाबाको सवारीको जामले गर्दा पीडित बनेको दिपेशले फेसवुकमा लेखेका छन्। उनले भनेका छन्, 'छोरालाई त यति रिस उठ्यो भने अरु सर्वसाधारणलाई कति उठे होला?'

सुरक्षा वा अरु जे जे कारणले भए पनि सरकारले भिआइपी सवारी हुँदा नीजि र सार्वजनिक सवारी सञ्चालनमा रोक नलगाउने वातावरण बताउन उनले आग्रह गरेका छन्।

'सवारीले गर्दा सर्वसाधारण दैनिकरुपमा आजित परेका छन्', नागरिकन्यूजसँग कुरा गर्दै उनले भने, 'यसको बैकल्पिक बाटो खोज्नु पर्छ।' सडक जाम गरेर सर्वसाधारणलाई दुख्ख दिन नहुने उनले बताए। भिआइपीको सवारीको लागि बैकल्पीक तरिका अपनाउन उनले सुझाव दिए।
उनको फेसवुक स्टाटस यस्तो छ:
आज उपराष्ट्रपतिको सवारीको कारण म माइक्रोमा घण्टौ जाममा पर्दा म नाताले उपराष्ट्रपतिको छोरो दिपेशलाई त यति धेरै रिस उठ्यो कि भनि साध्य छैन भने अरु सर्वसाधारण जनतालाई झन् कति रिस उठ्छ होला??सुरक्षा वा जे जे कारणले भएपनि सरकारले भिआईपी सवारी हुँदा सकभर सडकमा अरु निजि तथा सार्वजनिक सवारी संचालनमा रोक नलगाई नयाँ नियम वा छोटो बाटोको वैकल्पिक व्यवस्थागरी भिआईपी सवारी हुँदा सडकमा सर्वसाधारणको हैरानी ब्यहोर्नु नपर्नेगरी ट्राफिक व्यवस्था गर्दा कसो होला?? 

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com