नक्कली डाक्टरहरुलाई कारबाही गरिरहेको बेला डा.मनोज यादव यसरी ठगिए कांग्रेस नेता अर्जुन नरसिंह केसीका भाईबाट
काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह के.सी.का भाई साथै उनका पिए सरोज के.सी.सहित पांच अभियुक्तलाई काठमाण्डौ जिल्ला अदालत द्वारा ६० लाख सहित एक वर्ष कैद सजाय गर्ने गरी ठगी मुद्दाको फैसला गरेको छ ।
तिन वर्ष अघि डा. मनोज यादव “हाल जनमैत्री अस्पताल बालाजुमा” कार्यरत लाई एम.डि.अध्ययन गर्न पुर्व स्वास्थ मन्त्री अर्जुन नरसिह के.सी. र पुर्व चिकीत्सक संघको अध्यक्ष डा.केदार नरसिह के.सि.लाई भनसुन गरी नाम निकाली दिन्छु भनी ६० लाख रुपैया तिन वर्ष अघिनै लिएको पिडीतहरु वताउछन।
काम गरी दिन्छु भनी पैसा पनि लिएको र आफ्नो पैसा पनि नपाए पछि पिडीत डा.मनोजले तिन वर्ष अघि जिल्ला अदालत काठमाण्डौंमा ठगी मुद्दा दर्ता गराएका थिए।तस्विरमा केसी संग देखिएका ब्यक्ति पनि ठगी आरोपमा परेका हुन।
श्रोत: राष्ट्रिय खबर

0 comments
Write Down Your Responses