• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » शीर्ष नेताका प्रतिनिधिसँग पूर्वराजा ज्ञानेन्द्रको बाक्लो भेटघाट अनि छलफल
शीर्ष नेताका प्रतिनिधिसँग पूर्वराजा ज्ञानेन्द्रको बाक्लो भेटघाट अनि छलफल


gyanendra1

काठमाडौं, २२ जेठ । पछिल्लो समय निकै सक्रिय रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार दिनभरी काभ्रेको धुलिखेलमा राजसंस्था पुनर्स्थापनाका विषयमा गम्भीर छलफल गरेका छन् । पूर्वराजा शाहको छलफलमा सहभागी हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुरका अनुसार धुलिखेलको हिमालयन रिसोर्टमा पूर्वराजा देशका केही शीर्ष नेताका प्रतिनिधिबीच छलफल भएको हो । 

‘राजसंस्थालाई स्पेस (ठाउँ) दिन र हिन्दू राष्ट्र बनाउने विषयमा कांग्रेस, एमाले र एमाओवादी करिब करिब नजिक छन्’ हिन्दू युवा संघ नेपालका अध्यक्ष ठाकुरले भने- ‘स्पेस दिने भनेको सेरेमोनियल राजा बनाउने हो । जसले संविधान मान्छ । संविधानको तल रहन्छ ।’ उनका अनुसार प्रमुख तीन दलको सहमतिमा हिन्दू राष्ट्र पनि बनाउने र जसको लागि पूर्वराजा शाहले देशैभरी अभियान चलाउने समझदारी भएको छ । 

यो सहमतिअनुसार अबको केही समयभित्रै देशमा राजसंस्था फर्किने र देश हिन्दू राष्ट्र बन्ने लगभग निश्चित भइसकेको उनको दाबी छ । यसअघि पूर्वराजा शाहले भर्खरै मात्र नुवाकोटदेखि पूर्वी नेपालसम्मको भ्रमण गरेका थिए । यसअघि ठाकुरले २०७३ सालको मध्य सम्म नेपाल हिन्दू राष्ट्र घोषणा भइसक्ने र राजा फर्किने दाबी गरेका थिए । जून अहिलेका क्रियाकलापसँग मेल खाइरहेको छ ।

श्रोत: दैनिक नेपाल 

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com