• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Health, News » समाचार ‘ब्रेक’ गर्ने नाममा ठूला मिडियाले गुरुङको मृत्युको घोषण गरि दिए पछि......
समाचार ‘ब्रेक’ गर्ने नाममा ठूला मिडियाले गुरुङको मृत्युको घोषण गरि दिए पछि......


Amber-Gurung

काठमाडौँ २४ जेठ । केहि समयदेखि विमारी भएका बरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिती नाजुक बन्दै गएको छ । उहाँको धापासीस्थित ग्रान्डी अस्पातलमा उपाचार भईरहेको छ । तर, विभिन्न मिडियाले समाचार ‘ब्रेक’ गर्ने नाममा निधन भनेर समाचार प्रकाशित गरेपछि परिवारका सदस्यलाई समेत पीडमामाथि पीडा थपिएको छ । 

उनका छोरा राजुका अनुसार बुबाको अवस्था स्थिर छ । यसअघि उनलाई भारतको मेदान्त अस्पतालमा उपचार गराइएको थियो । अस्पतालका कार्यकारी मेडिकल डाइरेक्टर चक्रराज पाण्डेका अनुसार उहाँको पेटमा पाइप राखेर उपाचार गराईएको थियो । तर, केही दिनअघि त्यो पाइप खुस्किएपछि केहि चिन्ताजनक बनेको थियो । फेरि त्यो पाइप जोडेर उपाचार गरिएपनि स्वास्थ्यमा खासै प्रगति नभएको डा.पाण्डेले बताए । 

भेन्टिलेटर, एन्टिबायोटिक र ब्लडप्रेसर मेन्टेन गरिएको जानकारी चिकित्सकले जानकारी दिए । केहिदिनदेखि रगतसहित बान्ता गर्न सुरु गरेपछि उहाँको अवस्था चिन्ताजनक बन्दै गएको छ । अहिलेपनि श्वासप्रश्वासमा गाह्रो भएको जनाइएको छ ।

Labels: Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com