• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » हिजो एकै दिनमा १३ पटक भूकम्प गएको बझाङ्मा अझै पराकम्पन रोकिएन, शुरक्षाकर्मी द्धारा सतर्क रहन आग्रह
हिजो एकै दिनमा १३ पटक भूकम्प गएको बझाङ्मा अझै पराकम्पन रोकिएन, शुरक्षाकर्मी द्धारा सतर्क रहन आग्रह



१६ असार, बझाङ । बझाङ जिल्लाका बिभिन्न भूभाग केन्द्रबिन्दु भएर २१ वटा धक्काहरु गएका छन् । बुधबार दिउँसो २ बजेदेखि सुरु भएको भूकम्पको धक्का बिहीबार पनि जारी छ ।

पराकम्पन नरोकिएपछि स्थानीय त्रसित छन् । सम्भावित क्षतिलाई मध्यनजर राख्दै सुरक्षाकर्मीलाई सतर्क अवस्थामा राखिएको छ ।

बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा बझाङ सदरमुकाम चैनपुर नजिक केन्द्रविन्द्र भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो । राति अबेरसम्म १६ वटा पराकम्पन गएका थिए भने बिहीबार मध्यान्हसम्म ५ वटा पराकम्पन गएका भूकम्प मापन केन्द्र सर्खेतका प्राविधिक सहायक तिर्थ दाहालले जानकारी दिए ।

सुरक्षाकर्मी सतर्क

भूकम्पबाट मानवीय क्षति भएको छैन तर, पुराना भौतिक संरचनाहरुमा क्षति पुगेको छ । सामान्य घर र विद्यालयका भित्ताहरु चर्किएका छन् ।

प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले भूकम्पबाट क्षति नभए पनि सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको जानकारी दिए । उनले जिल्लाका दुर्गम गाउँहरुमा भौतिक संरचना एकदमै कमजोर भएकाले क्षती हुनसक्ने प्रबल सम्भावना रहेको बताए ।

नेपालमै सबैभन्दा बढी भूकम्पको जोखिम मानिने बझाङको कँडेलमा केन्द्रबिन्दु भएर गत वैशाख १८ गते समेत ४.२ रेक्टर स्केलको भुईंचालो आएको थियो ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com