• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » जस्ता पाता बेच्ने बज्रस्वाठ भनेपछि ..काङ्ग्रेस बैठकमै हात हालाहाल
जस्ता पाता बेच्ने बज्रस्वाठ भनेपछि ..काङ्ग्रेस बैठकमै हात हालाहाल



काठमाडौं – सरकारले भूकम्प पीडितलाई प्रभावकारी रुपमा राहत नदिएको भन्दै आलोचना भइरहेको भएपनि सोही विषयलाई लिएर काँग्रेसभित्र समेत बबन्डर मच्चिएको छ ।

भूकम्प प्रभावित जिल्लाका पार्टी सभापति र सांसदसँग छलफल गर्ने र समान धारणा बनाउने लक्ष्यका साथ गत मंगलबार बोलाइएको संयुक्त बैठकमा सबै सांसद तथा पार्टी सभापतिले डा. रामशरण जस्ता व्यक्तिका कारण पार्टी संकटमा परेको र कोही कसैले पनि सबै प्रक्रियाको दोषी काँग्रेस नै भएको बताउन थालेपछि डा. महतले ‘माइन्ड योर ल्याग्वेज’ भन्दै हपारेका थिए ।

डा. महतकै कारण अघिल्लो वर्ष आफ्नै नेतृत्वको सरकारले नै पीडितलाई घर बनाउन तीन लाख लिन सकिने अवस्था रहेको भएपनि त्यसो गर्न नसकिएको भन्दै आपत्ति जनाएका थिए ।

भूकम्प पीडितलाई लागि पठाइएको जस्ता समेत भतिजा रमेश महत मार्फत बेच्ने गरेको आरोप लागेका डा. महतलाई काभ्रेका सभापति मधु आचार्यले त यस्तै ढोंगीकारण काँग्रेस संकटमा परेको भन्दै गुनासो गरे । आचार्यले मात्रै होइन गोरखाका चीनकाजी श्रेष्ठले समेत काँग्रेस डुबाउन डा. महत जस्ता बज्रस्वाठहरु लागिपरेको भन्दै आपत्ति जनाएका थिए ।

धादिङका सभापति रमश धमलाले पनि जनतालाई राहत नदिन आफ्नै पार्टीका केही नेता लागेका कारण काँग्रेसको साख घट्दै गएकोमा आपत्ति जनाएका थिए । भूकम्प पीडितलाई राहत दिन भनेर स्थापना गरिएको भूकम्प पुनः निर्माण प्राधिकरणलाई एमालेले कमाई खाने भाडो बनाएको भन्दै आपत्ति जनाउनेहरुसँग डा. महतलाई समेत बैठकमा सहभागीले आपत्ति जनाएपछि बैठक पूर्ण रुपमा तनावको स्थिति मात्रै होइन हात हाला हालैकै अवस्थामा समेत पुगेको बताइन्छ ।

अघिल्लो सरकारको समयमा गर्न सक्ने काम धेरै भएपनि डा महतका कारण समस्या बल्झिदै गएको सहभागीको आरोप थियो । माइन्ड योर ल्याग्वेज भन्दै डा महतले आफूलाई बचाउने प्रयास गरेपनि सहभागीले हैरान गरेपछि जवाफ नै नदिएर डा महत उठेर भागेका थिए । समाचार संकलनका लागि बैठकस्थल पुगेका पत्रकारलाई समेत के को समाचार, के को बाइट भन्दै दुव्र्यवहार समेत गरेको बैठकस्थलमा रहेका एक पत्रकारले बताए । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

श्रोत: सुनौलो नेपाल 

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com