• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Entertainment, National News, News » यौन सम्पर्कको लागि हिरोईन मिलाई दिन्छु भन्दै ठग्नेलाई प्रहरीले यसरी पक्रियो
यौन सम्पर्कको लागि हिरोईन मिलाई दिन्छु भन्दै ठग्नेलाई प्रहरीले यसरी पक्रियो


काठमाडौं– ठमेल क्षेत्रमा युवती मिलाइदिने भन्दै लुटपाट गर्ने दुई जनालाई बुधवार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत लैनचौरले नेपाली सिने क्षेत्रका हस्ती मानिने नायिकाहरु मिलाइदिने भन्दै ग्राहकलाई ट्याक्सीमा हालेर नशालु पदार्थ खुवाएर लुट्ने समुहका दुई सदस्य अनिल तामाङ र संजिव बोहोरालाई प्रहरीले पक्राउ गरेको हो । 

‘यसरी लुटपाट गर्ने ठुलो गिरोह रहेको सुचना आएको छ’ महानगरीय प्रहरी वृत लैनचौरका डिएपी सोमेन्द्र सिंह राठौरले भने, ‘त्यो समुहको बारे अनुसन्धान गरिरहेका छौं ।’ मंगलबार राती ठमेलको एक होटलमा मदिरा सेवन गरेर बाहिर निस्केका तामाङ र बोहोराले मनोज गौतमलाई ‘केटी चाहिन्छ ? हामी हिरोइन मिलाईदिन्छौं’ भन्दै जालमा पारेका थिए । त्यसपछि अनिल तामाङको टयाक्सीमा हालेर उनीहरुले गौशालाका एक होटलमा लगेर नशालु पदार्थ मिसिएको रक्सी खुवाएर पाँच लाख लुटेको प्रहरीले जनाएको छ । 

श्रोत: रातो पाटी 

Labels: Entertainment, National News, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com