• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Health, National News, News » धर्मको नाममा कलंका: बोक्सी र भूत भगाउने भन्दै क्रिश्चियन धर्मगुरुले खुवाए महिलालाई दिसा
धर्मको नाममा कलंका: बोक्सी र भूत भगाउने भन्दै क्रिश्चियन धर्मगुरुले खुवाए महिलालाई दिसा

सल्यान –सल्यान कुपिण्डे ४ ज्यामिरेमा बोक्सी र भुत भगाउने भन्दै एक महिलालाई दिसा खुवाइएको छ ।कुपिण्डे गाउँ विकास समिति वडा ५ अधेरीकी २० वर्षिया सेती परियारलाई क्रिश्चियन धर्मगुरु डल्लु सुनारले सिस्नोपानीले मरणासन्नहुने गरी यातना दिई दिसा खुवाएका हुन् ।

पेट दुखेको छ भन्दै चर्चमा पुगेकी परियारलाई सुनारले बोक्सी तथा भुत लागेको र सो सिस्नोले हार्नु पर्छ भन्दै यातना दिएको र अन्तिममा दिशा खुवाएको स्थानीय विष्णु नेपालीले जानकारी दिए । उनले आफुसँग उक्त घटनाको मोवाइलमा रेकर्ड समेत रहेको बताए ।

गत जेष्ठ २३ गते उक्त घटना घटेको भएपनि पिडित परियारको अवस्था नाजुक बन्दै गएपछि आज घटना सार्वजनिक भएको हो ।

शारिरिक यातना र दिशा खुवाएपछि पिडित परियारको मानसिक सन्तुलन विग्रिएको बुवा शितल परियारले जानकारी दिए । उनले भने, ‘छोरी पेट दुख्यो भनेर चर्चमा गइछ, पावलले तलाई भुत लागेको छ भनेर सिस्नो पानी र दिशा खुवाए छ, त्यसपछि छोरी अर्ध वेहोस भएकी छ , मानसिक सन्तुलन पनि ठिक छैन् ।

चर्चमा सहभागिहरुले परियारलाई यातना नदिन आग्रह गरेपनि सुनारले धम्की दिएको र घटना सार्वजनिक गरे परियारलाई झै यातना दिने धम्की दिएको पिडितका ससुरा बिजुली परियारले बताए ।

‘ क्रिचियन धर्ममा आस्था राख्ने भएकाले भगवानले ठिक पार्नु हुन्छ की भन्ने लागेर पहिले कोही बोलिएन, तर बुहारीको अवस्था दिनदिनै विग्रिदै जान पुग्यो’, सासु गंगा परियारले भनिन् ।

श्रोत: रातो पाटी 

Labels: Health, National News, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com