• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, National News, News » भोलि संबिधान सभा भवनमा भिडन्त हुने, प्रधानमन्त्रीले भने–भोलि ११ बजे के हुन्छ देखाउँला
भोलि संबिधान सभा भवनमा भिडन्त हुने, प्रधानमन्त्रीले भने–भोलि ११ बजे के हुन्छ देखाउँला

काठमाडौं– व्यवस्थापिका संसदको बिहिबार बस्ने बैठकमा तनावको संकेत देखिएको छ । कांग्रेस–माओवादीले दर्ता गरेको अविस्वास प्रस्तावमाथि बिहिबार बस्ने बैठकमा छलफल हुने कार्यक्रम छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त बैठकलाई सहजरुपमा चल्न नदिने संकेत गरेका हुन् ।

बुधबार राजधानीको कमलादीमा आयोजित नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को छैटौं महाधिवेशन प्रतिनिधि परिषद्को बैठक उद्घाटन गर्दै ओलीले अविस्वासको प्रस्ताव संसदमा छिर्नै नदिने बताए ।

‘भोलि हामी ११ बजे के हुन्छ देखाउँला  । बलजफ्ती गर्न नखोज्नु राम्रो हुन्छ’, उनले भने, ‘म विनम्रतापूर्वक अनुराध गर्न चाहन्छ । अविस्वासको प्रस्ताव संसदमा छिर्नै दिन्नौं ।’

उनले संविधानसभामा दर्ता भएको अविस्वासको प्रस्तावलाई कांग्रेस माओवादीको इश्र्या र चिन्ताको प्रस्ताव भन्दै सो प्रस्तावको औचित्य नभएको बताए ।

उनले आफूलाई जसरी पनि हटाउने प्रपञ्च रचिएको भन्दै अगाडि भने, ‘जसरी पनि सरकार हटाइन खोजिएको छ । यो चाहिन्छ र उ चाहिन्छ भन्ने हो भने घरबाटै ल्याउनु ।’

ओलीले आफ्नो सरकारले मजदुर, किसानलगायत सबै वर्ग र पेशाका नागरिकको पक्षमा काम गरेकाले त्यही डाहाले प्रस्ताव ल्याइएको समेत दाबी गरे ।

उनले कांग्रेस–माओवादीलाई संकेत गर्दै भने, ‘हल गोरु जसरी प्रस्ताव दर्ता गर्न जाने र पछि आएर राजीनामा माग्न यो कस्तो तरिका हो ? राजीनामा मागेको हो कि अविस्वासको प्रस्ताव दर्ता गरेको हो ?’

उनले आफ्नै सक्रियताले तराईमा आन्दोलन तथा नाकाबन्दी असफल भएको भन्दै माओवादी कांग्रेसको चर्को आलोचना गरे ।

कांग्रेस माओवादीले दुई तिहाइको दम्भ देखाएको भन्दै त्यस्तो हो भने संविधान नै संशोधन गरे भइहाल्यो नि भन्दै चेतावनी दिए ।

उनले भने, ‘उहाँहरुले दुई तिहाईको धाक लगाउनु भएको छ, दुई तिहाइमा संविधान संशोधन गरे भइहाल्यो नि ।’ उनले सभामुख जस्तो मर्यादित संस्थालाई दुरुपयोग गर्न कांग्रेस माओवादी लागेको आरोप समेत लगाए ।

आक्रोससँगै रोचक टुक्का

कांग्रेस माओवादीप्रति आक्रोशित भएका उनले कार्यक्रममा रोचक टुक्का पनि सुनाउन भ्याए ।

–टोखाबाट सुरुङ खनेर पारीपट्टी निकाल्ने हो, त्यसको पनि विरोध गरेहुन्छ ।

–काठमाडौंको भेडासिंहमा अब केको गाडी, दुई वर्षभित्र केबुलकार चलाउने हो ।

–अहिलेको मेरो सपना कसैले भत्काउन सबैले सक्दैन । दुई ओटै छिमेकीसँग सम्बन्ध विगार्यो भेनर आलोचना गरे । म आउँदा नाकाबन्दी थियो अहिले आनन्दले खुल्यो ।

Labels: Comedy, Entertainment, National News, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com