• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Entertainment, International, News » साबधान ! लिपस्टिकले ल्याउँछ मानसिक रोग
साबधान ! लिपस्टिकले ल्याउँछ मानसिक रोग

लिपस्टिकले ल्याउँछ मानसिक रोग
महिलाले आफ्नो सिंगारका लागि सँधै प्रयोग गर्ने सामग्री हो लिपस्टिक । लिपस्टिकले महिलाहरुले आफ्नो ओठलाई आकर्षक बनाउने गर्दछन् ।

सुन्दरताका लागि प्रयोग गरिने यो सामग्री स्वास्थ्यका लागि भने हानी कारण हुने गरेको एक अध्ययन रिपोर्टले देखाएको छ । लिपस्टिकले मानसिक बिरामी बनाउनका साथै पागल सम्म बनाउन सक्ने अनुसन्धानमा संलग्न शोधकर्ताहरुले बताएका छन् । त्यसैले उनीहरुले लिपस्टिकबाट सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।

अनुसन्धानबाट आएको नतिजा अनुसार लिपस्टिकको उत्पादनमा सिसाको प्रयोग गरिएको हुन्छ । जसको थोरै मात्र सम्पर्कले पनि दिमागमा असर पर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

एक अमेरिकी मेगेजिन गरेको अनुसन्धानका क्रममा २२ ब्राण्डका लिपस्टिक समावेश गरिएको थियो । जसमा ५५ प्रतिशत लिपस्टिकमा विषको मात्रा पाइएको थियो ।

अन्डरराइटर्स प्रयोगशालामा भएको जाँचमा १२ लिपस्टिकमा सिसाको मात्रा भेटिएको थियो । बोस्टन सिसा विषत्तता रोकथाम कार्यक्रमका चिकित्सा क्षेत्रका डाक्टरहरुका अनुसार मानिसको शरीरमा अलिकतिमात्र सिसाको मात्रा भएको ज्यानका लागि हानीकारक हुनसक्छ । जसले मानसिक स्वास्थ्यमा बढी असर पार्ने गर्दछ ।

Labels: Entertainment, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com