• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Entertainment, National News, News » अर्काको स्वास्नी लगेर लज तथा गेस्ट हाउसमा अबैध यौन सम्बन्ध राख्नेहरुको दिन गयो
अर्काको स्वास्नी लगेर लज तथा गेस्ट हाउसमा अबैध यौन सम्बन्ध राख्नेहरुको दिन गयो

हाेटलको एकै कोठामा बस्न श्रीमान्–श्रीमती भएको प्रमाण देखाउनु पर्ने
चितवन— हत्यासम्मका घटना बढ्न थालेपछि चितवनका होटल तथा लज व्यवसायीले सुरक्षाका कडा उपाय अपनाउने तयारी थालेका छन्। चितवन होटल व्यवसायी संघले शनिबार नारायणगढमा आयोजना गरेको छलफल कार्यक्रममा बिनापरिचयपत्र आउनेलाई लजमा नराख्ने सहभागीले बताए।

लजको भर्‍याङ र रिसेप्सनमा सिसी क्यामेरा राख्दा सुरक्षाका दृष्टिले राम्रो हुने व्यवसायीको भनाइ थियो।

असार २७ गते नारायणगढको कलश लजमा मृत भेटिएकी युवतीको हत्या आरोपित व्यक्ति लजको सिसी क्यामेरामा कैद भएको पहिचानको आधारमा भोलिपल्टै धादिङबाट समातिएका थिए । ‘त्यसैले २–४ हजारको लोभ नगर्नुहोस, सुरक्षा राम्रो भए व्यापार बढ्ने हो । सिसी क्यामेरा राख्नुहोस,’ छलफल कार्यक्रममा सहभागी चितवनका प्रहरी उपरीक्षक (एसपी) वसन्त कुँवरले भने ।

उनले लजमा बस्न आउनेको विवरण पनि प्रस्ट रुपमा राख्न व्यवसायीलाई अनुरोध गरे । ‘कतिजना बस्ने हुन् सबैको परिचय खुल्ने कागजपत्र माग्नुहोस । नागरिकता होला, परिचयपत्र होला, एटिएम कार्डसम्म पनि त हुन्छ, ती माग्नुहोस । दिएनन् भने ती शंकास्पद हुन् निगरानीमा राख्नुहोस, प्रहरीलाई खबर गर्नुहोस,’ एसपी कुँवरले भने । परिचय खुल्नेसहितका रेकर्ड राख्न कडाइ गरे अपराध निरुत्साहित हुने उनले बताए।

‘एउटा होटलले परिचयपत्र नभए राख्दिन भन्यो भने त्यहाँबाट निस्केको व्यक्तिलाई अर्को होटलले पनि राख्नु भएन। यो कडाइ हाम्रो व्यवसायको सुरक्षा र शुद्धताका लागि हो भन्ने बुझ्नुपर्‍यो,’ होटल सञ्चालक उमेश शर्माले भने । व्यवसायीले बेलाबेलामा प्रहरीले पनि दुःख दिने गरेको गुनासो गरेपछि एसपी कुँवरले त्यस्ताको सूचना आफूलाई दिन आग्रह गरे ।

‘हेर्नुस बिदाका बेलामा पनि कुनै प्रहरीले आफ्नो कार्य क्षेत्रभित्र पैसा नै तिरेर रक्सी खान्छ भने त्यो मर्यादाभित्रको काम होइन । झनै अरु गर्छ भने त्यस्तालाई सहँदै नसहनुहोस सिधै मलाई खबर गर्नुहोस्। मेले ५५ जनालाई कारबाही गरेको छु। त्यस्ता कुहिएका आलुलाई बोराबाट मिल्काउनै पर्छ,’ एसपी कुँवरले भने। ग्राहकले मागेपछि यौन कार्यका लागि युवती उपलब्ध गराउने होटल पनि रहेको उनले बताए।

‘समस्या भएको ठाउँमा मिलेर काम गर्ने हो। पुलिसले होस वा लज सञ्चालकले व्यावसायिक मर्यादा कायम राख्दैन भने त्यस्तालाई उम्कन दिनु हुँदैन,’ एसपी कुँवरले भने । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले लजमा बस्न आउने शंकास्पद लागेमा प्रहरीको सहयोग लिएर समस्यामा पर्नबाट जोगिन व्यवसायीलाई सल्लाह दिए ।

प्रहरी र चितवन होटल व्यवसायी संघको संयुक्त पहलमा जिल्लाका होटल लजका लागि आचारसंहिता पनि जारी भएको छ । सो आचारसंहिता अनुसार काम गरे धेरै समस्या निराकरण हुने व्यवसायीको मत थियो। दोहोरी रेस्टुरेन्टले अनिवार्य सिसी क्यामेरा राख्ने भनिए पनि लागू नगरेको प्रहरीको भनाइ थियो ।

चितवन होटल व्यवसायी संघका अध्यक्ष ढासिराम ढकालका अनुसार चितवनमा दुई सयभन्दा धेरै लज छन् । केही वर्षयता केही ठूला होटलहरुले सिसी क्यामेरा राख्न थालेका छन् । तर यो संख्या धेरै कम छ । हालसम्म १५–२० वटा लजमा मात्र सिसी क्यामेरा राखिएको व्यावसायी बताउँछन् । कलश होटल प्रकरणपछि भने सिसी क्यामेराको महŒव धेरैले बुझेका छन् ।

‘२०–२५ हजार रुपैयाँमा राख्न सकिने भएपछि अहिले धेरैले राख्ने चाहना गरेका छन् । संघले यसको समन्वय गर्दै छ,’ चितवन होटल संघका वरिष्ठ उपाध्यक्ष कमल शर्माले भने । चितवनका लजमा श्रीमान–श्रीमती भएको पक्का हुने कागजपत्र नदेखाउँदासम्म कुनै महिला र पुरुष एउटै कोठामा बस्न नपाउने नियम छ। यसमा हेलचक्र्याइँ हुँदा बेलाबेलामा दुःखद घटना हुने गरेको प्रहरीको भनाइ छ।

Labels: Entertainment, National News, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com