• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Health, National News, News » भारतबाट रक्सि खान नेपाल आएका भारतीयले नेपाल प्रहरीका असई यसरी मरणासन्न हुने गरि कुटियो
भारतबाट रक्सि खान नेपाल आएका भारतीयले नेपाल प्रहरीका असई यसरी मरणासन्न हुने गरि कुटियो

बिहारबाट रक्सी खान आएका भारतीयले  असइ कुटे
वीरगन्ज: बाराको बेलदारीस्थित प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक जुगेश्वर यादवलाई रक्सी खान नेपाल आएका भारतीयहरुले कुटपिट गरेका छन्।

बाराको सीमावर्ती भारतीय गाँउ कोइलगाँवाबाट रक्सी खान आएका भारतीयहरुले प्रहरी सहायक निरिक्षक यादवलाई कुटपिट गरेका हुन्।

बाराको बेलदारीमा रहेको रक्सी भट्टीबाट रक्सी सेवन गरेर आइतवार बेलुकी घर फर्किंदै गरेका भारतीयहरुले गस्तीमा रहेका प्रहरी सहायक निरिक्षक यादवलाई कुटपिट गरेका हुन्।

स्थानीय रक्सी भट्टीमा रक्सी सेवन गरे पछि होहल्ला गरेका आठ जना भारतीयहरुलाइ प्रहरीले सोधपुछ गरेपछि विवाद भएको थियो। विवादका क्रममा भनाभन भएपछि मदिरा खाएर फर्किने क्रममा भारतीयहरुले प्रहरी सहायक निरिक्षक यादवलाई कुटपिट गरेका थिए।

प्रहरी सहायक निरीक्षक यादवले भारतीयहरुले आफुलाई हातपात गरेको स्वीकारेका छन्। हातपात गर्ने मध्येका भारतको कोइलगाँवाका रामसहर यादवलाई पक्राउ पनि गरिएको उनले बताए।

अरु भारतीयहरु भने भागेकाले उनिहरुलाइ पक्राउ गर्न नसकिएको प्रहरी सहायक निरिक्षक यादवले बताए। पक्राउ परेका भारतीय नागरिक यादवलाई ईलाका प्रहरी कार्यालय सिम्रौमगढको हिरासतमा राखिएको छ।

भारतको बिहारमा अप्रिल एक तारिख देखि मदिराको उत्पादन, सेवन र बिक्री वितरणमा रोक लगाइए पछि बाराको सिमावर्ती गाविसहरुमा अवैध रुपैया संचालित रक्सी भट्टीहरुमा हरेक दिन ठूलो संख्यामा भारतीयहरु रक्सी खान आउने गरेका छन्।

Labels: Health, National News, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com