प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामाको तयारी, अविश्वासको प्रस्ताब माथि मतदान नहुने !
श्रावण ९, २०७३ प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावमा मतदान अघि राजीनामा दिने तयारी गर्नुभएको छ । अविश्वास प्रस्तावमा आफु विरुद्ध उठेका प्रश्नको जवाफ दिएलगत्तै प्रधानमन्त्री ओलीले राजीनामा दिने तयारी गर्नुभएको स्रोतले जनाएको छ ।
केहिवेरअघि बसेको मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्री ओलीले आफुले अविश्वास प्रस्तावमा बोलेलगत्तै संसदमा राजीनामा घोषणा गर्न लागेको जानकारी गराउनुभएको छ । प्रधानमन्त्रीले राजीनामा दिए अविश्वास प्रस्ताव संसदमा निर्णयार्थ पेश हुनेछैन । यसअघि व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि आज मतदान गर्ने कार्यसूची तय गरिएको थियो ।
मन्त्रिपरिषद् बैठकले नया सरकार गठनका लागि धारा २ सय ९८ अपुरो रहेको भन्दै वाधा अडकाउ फुकाउन राष्टपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । अल्पमतमा परेपछि पनि राजीनामा नदिएको भन्दै बिरोधी दलले प्रधानमन्त्रीको आलोचना गर्दै आएका छन । संसद बैठक अविश्वास प्रस्तावमा छलफलपछि अपरान्ह साढे ४ बजेसम्मका लागि स्थगित गरिएको छ । अब बस्ने बैठकमा शुरुमा कंग्रेस सभापति शेरवहादुर देउवा र पछि प्रधानमन्त्री ओलीले बोल्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

0 comments
Write Down Your Responses