प्रधानमन्त्री केपी ओलीलाई फेरी अर्को कडा झट्का, राप्रपाले पनि समर्थन लियो फिर्ता
काठमाडौं– लोकेन्द्र बहादुर चन्द नेतृत्वको राप्रपाले केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
राप्रपाको पार्टी कार्यालय चावहिलमा बसेको संसदीय दलको बैठकले ओली सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।
बैठकले पार्टीले तर्फबाट सरकारमा सहभागि दुई मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय समेत गरेको छ । राप्रपाबाट दीपक बोहरा र चयन्त चन्द ओली सरकारका मन्त्री छन् ।
बैठकले केपी ओली सरकार विरुद्ध परेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै यसअघि नै सरकार संकटमा परिसकेको छ।

0 comments
Write Down Your Responses