नेपालको संसदमा अविश्वासको प्रस्ताब माथि छलफल भैरहेको बेला भारतमा भने भारतको संसदमा भने मोदी यसरी निदाए
एजेन्सीः केही समय अघि संसद बैठक चलिरहेका बेला भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धी सुतेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भयो।
यसै विषयमा #SleepingBeautyRahul(#स्लीपिङ्गब्यूटीराहुल) ट्रेन्ड नै चल्यो । राहुल सुतेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका मन्त्री निदाएका तस्बिर भाइरल भइराखेका छन् ।
कतिपयले भने राहुल गान्धी नसुतेको तर मजाक उडाउन उनको यस्तो तस्बिर सार्वजनिक गरिएको आरोप लगाएका छन्। यही विषयले चर्चा पाइराखेका बेला सदनमा मोदी निदाउदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो ।
यत्तिमा मात्र यो सीमित भएन भारतीय वित्तमन्त्री अरुण जेटली समेत सदनमा निदाएको तस्बिर सार्वजनिक भयो । एउटा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भारतीय धेरै सांसद सदनमा निदाएका तस्बिर भाइरल भएका छन् ।

0 comments
Write Down Your Responses