• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
International, News, Sports » चर्चित फुटबल हिरो मेस्सीलाई २१ महिनाको जेल सजाय
चर्चित फुटबल हिरो मेस्सीलाई २१ महिनाको जेल सजाय

एजेन्सी,२२ असार,
स्पेनको एक अदालतले अर्जेन्टिनी फुटबल स्ट्राइकर लियोनेल मेस्सीलाई २१ महिनाको जेल सजाय सुनाएको छ । स्पेनिस फुटबल क्लव बार्सिलोनाका स्ट्राइकर मेस्सीलाई कर छलेको आरोपमा अदालतले दोषि ठहर गर्दै जेल सजाय सुनाएको बिबिसीले जनाएको छ । अदालतले उनका बाबु जोर्गे मेस्सीलाई पनि २१ महिनाको जेल सजाय सुनाएको छ । मेस्सीले सन् २००७ देखि २००९ सम्ममा स्पेनमा फोटो बेचेर कमाएको ४६ लाख अमेरिकी डलर उनका बाबुले कर छलेर कर नलाग्ने देश उरुग्वे र बेल्जियममा प्रयोग गरेको आरोपमा उनीहरुलाई दोषि ठहर गरिएको हो ।

बार्सिलोनाको अदालतले सुनाएको सजायँलाई चुनौति दिन मेस्सीका बाबु–छोरा त्यहाँको सर्वोच्च अदालतमा जान सक्नेछन् । त्यसैले यो मुद्दा सर्वोच्चबाट फैसला नहुँदासम्म उनीहरुले जेल बस्नु पर्ने छैन । साथै स्पेनको कानुन अनुसार २ वर्षभन्दा कम जेल सजाय पाउने व्यक्तिले परीक्षणकाल ( जेलबाहिर कै नियन्त्रण) मा बसेर पनि सजाय कट्टा गर्न सक्छन् । अर्जेन्टिनी राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरिसकेका मेस्सीले भने आफ्नो आर्थिक गतिविधिबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका छन् ।

Labels: International, News, Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com