• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
National News, News » अत्यन्तै हृदय विदारक समाचार: मलामिले किनिदिए दाहसंस्कार गर्ने सामान
अत्यन्तै हृदय विदारक समाचार: मलामिले किनिदिए दाहसंस्कार गर्ने सामान

DSC_4728
दिपक बोहरा / तुलसीपुर २२ असार ।

कलिलो उमेरका दुई छोरीहरु आफ्नो बुवाको काज किरिया गर्न बसेका छन् । तुलसीपुर– २ गोटी खोला निबासी बाबु सुकबहादुर कँवरको मंगलबार मृत्युपछि उनका दुई छोरी किरिया बसेका छन् । 

बाबुको मृत्यु पछि १२ बर्षीया देवी कँवर र १० बर्षीया गोमा कँवर किरिया बसेका हुन । मृतक कँवरका छोरा छैनन् भने चारजना  छोरी मात्रै छन् । छोरा नभएपछि भाई गोत्यार वा नातापर्ने व्यक्ति खोज्ने प्रचलन हिन्दू संस्कारमा छ । 

 तर १२ बर्षीया देवी र १० बर्षीया गोमाले बाहिरको व्यक्ति खोज्नु भन्दा बाबुको किरिया आफै बस्ने इच्छा जाहेर गरेपछि समाजले त्यो सहजै स्वीकार गरेको हो । साथमा उनीहरुकी आमा पनि पतिको किरिया बसेकी छिन् ।

मलामीले १८ हजार सहयोग गरे     

लामो समयदेखि क्यान्सर पीडित ६० बर्षीय सुकबहादुर  कँवरको उपचारको लागि परिवारले ठूलो धनराशी खर्चिएको थियो । उनलाई घाँटीको क्यान्सर थियो । भएको सम्पती उपचारमै सबै सकिएपछि मृत्यु पछि सुकबहादुर कँवरलेको लाश छोप्ने कात्रो किन्नसक्ने आर्थिक हैसित पनि थिएन । त्यसैले कँवरको दाहसंस्कारका लागि आवश्यक पर्ने  सामग्रीको जोहो पनि समाजले आर्थिक संकलन गरेरै गरेको छ । 

 कँवर परिवारको आर्थिक अबस्था अत्यन्तै कम्जोर भएकोले  दाहसंस्कार तथा काजकिरिया गर्न आवश्यक पर्ने लत्ता कपडालगायत अन्य सामग्री किन्ने पैसा नभएपछि  मलामीहरुले आर्थिक संकलन गरी अन्तिम संस्कार गरेका हुन । मलामीहरुले रकम संकलन गरी १८ हजार रुपैयाँ सहयोग गरेका थिए ।  


सुर्य बिनायक काष्ठ उद्योग भक्तपुर काभ्रेका सञ्चालक बालकृष्ण श्रेष्ठले पाँच हजार घरमै गएर पीडित परिवारलाई सहयोग हस्तान्तरण गरेका छन् । राधिका बस्त्रालयका दुर्गाबहादुर वलीले दुई हजार, मल्टिपल मिडिया प्रालिका अध्यक्ष तेजबहादुर कार्कीले एक हजार, कीर्तिबहादुर भण्डारीले एक हजार सहयोग गरेका थिए भने  गुरुशनी महाराज बाख्रा फर्म फूलबारीका सञ्चालक भुपबहादुर केसीले थप एक हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

आफू अहिले १२ बर्षको मात्रै भएको र आफू पछिका सबै बहिनीहरु झनै सानो उमेरका भएकाले उनीहरुको भबिष्यको देवी कँवरले चिन्ता जाहेर गरिन । 

उनले रुदै भनिन् ‘पानीको झरी ओत्ने घर पनि छैन्, पढ्नलाई पैंसा पनि छैन, अर्काको घरमा साना बहिनीहरु कसरी काममा पठाउँ ।’

Labels: National News, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com