आफ्नै भतिजी बलात्कार गरि काठमाडौँ छिरेका माओबादी केन्द्रका नेता यसरी पक्राउ !
काठमाडौं–नेकपा माओवादी केन्द्रका एक जिल्लास्तरीय नेता भतिजी बलात्कारको अभियोगमा पक्राउ परेका छन् । काभ्रे धुसेनी शिवालय गाविसका माओवादी नेता मोतीलाल गौतम आफ्नै भतिजीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
केही दिनअघि भतिजी बलात्कार गरेर राजधानी छिरेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।
गौतमको मुद्दालाई बाहिर नल्याउन पीडितका परिवारलाई माओवादी केन्द्रका नेताहरुले दबाब दिएका थिए ।
श्रोत: रातो पाटी

0 comments
Write Down Your Responses