• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
International, News, Sports » विश्व फुटबल जगतका चर्चित नायक मेसि फेरी खेलमा फर्किने
विश्व फुटबल जगतका चर्चित नायक मेसि फेरी खेलमा फर्किने

lionelmessi-cropped_1cw5sikslzm6w1jvml9lphvesz
काठमाडौं – कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएपछि अचानक अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुने निर्णय लिएका अर्जेन्टिनी स्टार लियोनेल मेस्सी फेरि खेलमा फर्कने चर्चा चल्न थालेको छ । अर्जेन्टिनाको अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोनलाई उद्धृत गर्दै धेरै सञ्चारमाध्यमहरुले मेस्सीको पुनरागमनको अड्कल काट्न थालेका हुन् । 

ला नासियोनले मेस्सीका पूर्व सहकर्मीलाई उद्धृत गर्दै उनी अगामी नोभेम्बरमा हुने विश्वकप छनौट चरणको खेलबाट अर्जेन्टिनी टोलीमा फर्कने रिपोर्ट प्रकाशित गरेको छ । अर्जेन्टिनाले सेप्टेम्बरमा उरुग्वे र भेनेजुएलाको सामना गर्दैछ । तर, त्यसलाई छाडेर उनले नोभेम्बर १० मा हुने ब्राजिल र १५ मा हुने कोलम्बियाविरुद्धको खेलमा पुनरागमन गर्ने उक्त सञ्चारमाध्यमको दाबी छ । मेस्सीले सदाका लागि नभएर केही समयका लागि अन्तर्राष्ट्रिय खेलबाट आराम लिएको त्यहाँ दाबी गरिएको छ ।

रिपोर्टमा मेस्सीको साथी भनेर उनीसँग सन् २००६, २०१० र २०१४ को विश्वकप खेल्ने खेलाडी भनेर उल्लेख गरिएको छ । ‘उनी फर्कने छन् । सन् २०१८ को विश्वकपका लागि उनी फर्कनेछन्,’ ती साथीको भनाई उद्धृत गर्दै भनिएको छ । त्यसरी तिनवटै विश्वकमा मेस्सीसँग खेल्ने ह्याभियर मास्चेरानो र म्याक्सी रोड्रिग्वेज मात्र छन् ।

यद्यपि, यस विषयमा मेस्सी आफै भने मौन छन् । उनी फर्कने छन् वा छैनन् भन्ने विषय भने उनी आफैले स्पष्ट पारेपछि मात्र पुष्टि होला । अहिले भने उनीबारे अड्कलबाजी काट्ने क्रम जारी रहेको छ ।

यसो त मेस्सीलाई फर्कन अर्जेन्टिनी समर्थकहरुले निकै दबाब दिइरहेका छन् । हिजो मात्र ब्युनोस आयर्समा मेस्सीलाई फर्काउन ठूलो र्यालीको आयोजना गरिएको थियो ।


Labels: International, News, Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com