सिन्धुपाल्चोकको भोटेकोशीमा आएको बाढिले स्थानीय त्रसित, पानीको बहाब बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारियो
काठमाडौं, २२ असार । मंगलबार साँझ सिन्धुपाल्चोकको भोटेकोशीमा बाढी आएको छ । पानीको बहाव उच्च हुँदै गएपछि कोशीछेउका घर–टहरा बस्ने मानीसहरु सुरक्षित स्थानतर्फ प्रस्थान गरेको बताइएको छ ।
बाढीका कारण लार्चे बजारमा सामान्य क्षती भएको बताइएको छ । यस्तै तातोपानीको मानसरोबर स्कुल र भोटेकोशी पावरहावसमा केही मात्रामा क्षति भएको अपुष्ट जानकारी प्राप्त भएको छ । यस्तै सिन्धुपाल्चोकको तातोपानि, लार्चे, बाह्रविसे, खाडिचौर, लामोसाँघु तथा कोठे लगायतका बजारका रहेका मानीसहरु पनि सुरक्षित स्थान तर्फ गएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय चौतारा(जिप्रका)का अनुसार पानीको बहाब बढेपछि कोशीको किनारामा रहेको स्थानीय वासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । रातको समय भएकाले प्रहरी कार्यालय बाह्रबिसे, कोदारी लगाएत अन्य प्रहरी विटलाई पनि सचेतताका साथ बस्न आग्रह गरेको जिप्रका चौताराले जनाएको छ । जिप्रकाका अनुसार अहिलेसम्म कुनै प्रकारको क्षती भने भएको छैन ।

0 comments
Write Down Your Responses