• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Health, News, Prabash » ‘मलेसियामा बितेको छोराको लास ल्याउन पनि सकिएन’ म के गरूँ ?
‘मलेसियामा बितेको छोराको लास ल्याउन पनि सकिएन’ म के गरूँ ?


जाजरकोट– “हामी गरिबलाई के थाहा र ! कमाइ गर्न गएको छोरो कहाँ काम गथ्र्यो ? कस्तो कम्पनीमा काम गथ्र्यो ?” मलेसियामा छोरा रामबहादुर तिरुवाको ज्यान गएपछि लास ल्याउन नसकेका बाबुले भक्कानिँदै भने, “छोराको लास छिटो ल्याउन पाए हुन्थ्यो, दैव लागेपछि कसको के लाग्छ र ?”

वैदेशिक रोजगारीमा मलेसिया गएका रामबहादुरको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको नौ दिन भइसक्दा पनि लास ल्याउन नसकेपछि शोकमा डुबेको परिवारमा समस्या बढेको छ। रामबहादुरका बाबु कलेले लास कसरी झिकाउने र कहाँ सम्पर्क राख्ने केही थाहा नभएकाले आवश्यक पहल गरिदिन सरकारसँग माग गरेका छन्।

जाजरकोट गर्खाकोट–६ का रामबहादुरलाई २०७१ माघमा वैदेशिक रोजगारीका लागि लक्की ओभरसिज काठमाडौँ म्यानपावर कम्पनीले मलेसियाको पिजी क्लिनिङ सर्भिस कम्पनीमा पठाएको थियो।

सो कम्पनीमा वैदेशिक रोजगार संस्थाले भने जस्तो काम र तलब नपाएपछि त्यहाँबाट भागेर उनले अर्को कम्पनी असरस सेक्युरिटी सर्भिसमा गैरकानुनी हिसाबले काम गर्न थाले। घर खर्च चलाउनलाई श्रीमतीका नाममा पैसा पठाएर गएर फर्किंदा मोटरसाइकल दुर्घटना परी घाइते भएका रामबहादुरको अस्पतालमा उपचार हुँदै गर्दा यही असार ११ गते ज्यान गएको हो।

कम्पनीबाट भागेर काम गरेको र जवाफदेहिता कम्पनीको निश्चित नभएकाले लास नेपाल ल्याउन समस्या भएको छ। रामबहादुरको उपचार गर्ने क्रममा अस्पतालमा खर्च भएको नेपाली रु. ५० हजार पनि कम्पनीले नतिरिदिएपछि अस्पतालले लास र परीक्षणको प्रतिवेदनसम्म नदिएको बाबु कलेले बताए। रासस

Labels: Health, News, Prabash

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com