• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Health, National News, News » ६५ बर्षीय वृद्धबाट चक्लेट दिएर फकाई फुलाई सात बर्षीया बालिका बलात्कृत
६५ बर्षीय वृद्धबाट चक्लेट दिएर फकाई फुलाई सात बर्षीया बालिका बलात्कृत

चक्लेट दिएर ६५ बर्षीय वृद्धबाट सात बर्षीया बालिका बलात्कृत
वीरगन्जः पर्सामा शुक्रबार विद्यालयबाट घर फर्कदै गरेकी सात वर्षीया बालिका बलात्कृत भएकी छन् । शुक्रबार दिउँसो शंकरसैरया गाविस ३ हरैयामा कक्षा तीनमा अध्ययनरत सात वर्षीया बालिका बलात्कृत भएकी हुन् । 

स्थानीय अनिल साह गोल्दारको गोठमा बस्दै आएका शंकरसरैया ४ सखुवनीयाका ६५ बर्षीय वृद्ध मेघनाथ महत्तो कम्कडले बालिकालाई चकलेट दिन्छु भन्दै फकाएर बलात्कार गरेका हुन् ।

महत्तोले शारदा प्राथमिक विद्यालयबाट भाइसँगै घर फर्कदै गरेकी बालिकालाई बिहान १० बजे तिर चकलेट दिन्छु भन्दै गोठमा लगेर बलात्कार गरेका हुन् ।

वृद्धले गोठमा लगेर बलत्कार गरेपछि रुदै घर फर्किएकी बालिकाले आमालाई घटना बारेमा बताएपछि गाँउलेले प्रहरी चौकी शंकर सरैयामा खबर गरेका थिए । 

खबर पाएलगत्तै प्रहरी चौकी शंकरसरैया र इलाका प्रहरी कार्यालय सेढवाबाट गएको प्रहरीको टोलीले आरोपित वृद्ध महत्तोलाई पक्राउ गरेको छ ।

बलात्कार पछि गोठ छाडेर भागेका महत्तोलाई सखुवनीया स्थित उनको घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक टलकराज भण्डारीले बताए ।   

पीडित बालिका र आरोपित वृद्ध महत्तो दुवैको शुक्रबार साँझ नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको पर्साका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

स्वास्थ्य परीक्षण पछि पीडित बालिकालाई अभिभावको जिम्मा लगाइएको छ भने आरोपित महत्तोलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा आरोपित महत्तोले अपराध स्वीकार गरिसकेको प्रहरी श्रोतले जनाएको छ ।  तर, स्वास्थ्य परिक्षणको रिपोर्ट आएपछि मात्र घटनाका बारेमा यकिन हुने बोगटीले बताए ।

यसअघि गत असार १० गते पर्साकै जगरनाथपुरमा रहेको हनुमान मन्दिरका ७२ बर्षीय पुजारीले एक १५ बर्षीय बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।

Labels: Health, National News, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com