• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, National News, News » नेपालको कानुन दैबले जानुन: गोली हानेर ब्यापारी लुटने अभियुक्तलाई राष्ट्रपतिले दिइन् आममाफी
नेपालको कानुन दैबले जानुन: गोली हानेर ब्यापारी लुटने अभियुक्तलाई राष्ट्रपतिले दिइन् आममाफी


काठमाडौं– राष्ट्रपति बिद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा चार वर्ष अघि गोली हानी व्यवसायी लुट्ने घटनाका मुख्य योजनाकारलाई बाँकी कैद मिनाह गर्ने निर्ण गरेकी छन्। राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति निकाल्दै आर्धाखाची व्यापारी गोलीकाण्डका मुख्य योजनाकार रुद्रप्रसाद पराजुलीलाई बाँकी सजाय माफीका लागि निर्णय गरेको उल्लेख छ।

‘हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा ७ वर्ष कैद फैसला भई ३ वर्ष ३ महिना ७ दिन सजाय भुक्तान गरी हाल कारागार कार्यालय, अर्घाखाँचीमा कैद सजायमा रहेको बन्दी रुद्रप्रसाद पराजुलीको बाँकी कैदको सजाय मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रहरी रेर्कड अनुसार अर्घाखाचीको सन्धीखर्कका सुन व्यापारी ताराबहादुर सुनारलाई पराजुली सहितको समूहले लुटपाटकालागि हत्या गर्ने उद्देश्यले गोली प्रहार गरेको उल्लेख छ। प्रहरीका अनुसार २०६९ फागुन ९ गते सुनारलाई आफ्नै मोटरसाइकलमा राखेर बुटवलतर्फ गइरहेका पराजुलीले पूर्व योजना अनुसार नरपानी जंगलमा उनका सहयोगीमार्फत गोली प्रहार गर्न लगाएका थिए। प्रहरी घटनाको अर्को दिन पराजुलीसहित  अर्घाखाँची  पोखराथोकका विमल भन्ने लक्ष्मण सुनार र राजु आचार्यलाई सार्वजनिक गरेको थियो।

घटनामा घाइते ताराको बाया छातीको तल्लो भागमा गोली लागेको थियो। प्रहरीले घटनास्थलबाट इटालियन पेस्तोल, एक गोली, २ मिसफायर गोली र एक खोका, नगद ४ लाख ६५ हजारसहित सुन तौलने मेसिन र धातुकाटने औजार बरामद गरी सबुत प्रमाणसहित अदालत बुझाएको थियो। प्रहरी प्रतिवेदनमा धनमाल लुटपाटकालागि पूर्व योजना अनुसार ताराबहादुर सुनारलाई गोली प्रहार भएको र घटनाका मुख्य योजनाकार पराजुली रहेको उल्लेख छ। पराजुलीसँगै पक्राउ परेका अन्य दुई कारागारमा रहेपनि राजनीतिक पहुँचका आधारमा पराजुलीले आममाफी पाएको स्रोतले जनाएको छ।

Labels: Comedy, National News, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com