• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, National News, News » चर्चित नायिका रेखा थापाकी छबि चौथो बिहे गर्ने तरखरमा
चर्चित नायिका रेखा थापाकी छबि चौथो बिहे गर्ने तरखरमा

rekha-thapa-chhabi-raj-ojha
छविराज ओझा फिल्मी उद्योगमा संभवत सबैभन्दा बढी बिवाह गर्ने सेलीब्रेटी होलान् । रेखासँग छुट्टै बस्न लागेको ४ बर्ष बितेपनि डिभोर्स नलिएका छविले यसबर्ष भने डिभोर्स मागेका छन् । उनले एक्कासी रेखासँग डिभोर्स माग्नुको कारण हो, उनी मेसो मिलेसम्म भदौभित्रमै नयाँ बैवाहिक जीवन सुरु गर्न खोज्दैछन् । छवि निकस्थ स्रोतलाई उदृत गर्दै संचारमाध्यमले उनी फिल्मी क्षेत्रकै युतवीसँगको प्रेममा रहेको उल्लेख गरेको छ । 

छविसँग छुट्टिएपछि रेखा सिंगल छिन् । हिम्मतवाली चलचित्र निर्माणताका रेखा तिनै फिल्मका नायक सुदर्शन गौतमसँगको प्रेममा रहेको चर्चा चलेपनि रेखाले पछि त्यो फिल्मी स्क्याण्डल मात्र भएको भनिसकिन् । यस्तै छवि र नायिका शिल्पा पोखरेललाई लिएर पनि फिल्मी क्षेत्रमा अनेक गसिप बने । तर, बुझिएअनुशार शिल्पासँग छविको उति निकट सम्बन्ध छैन । यसबिचमा शिल्पाले अर्कै व्यक्तिसँग ईन्गेजमेन्ट गरेको चर्चा पनि आएका थिए ।

शिल्पाले भने त्यस खवरलाई अस्विकार गरिन् । रेखाले आफु अहिले नै नयाँ जीवनको सुरुवात गर्ने मुडमा नरहको बताएकी छिन् । तर, घरबाट बल्ल बिवाह गर्ने उमेर भएको भन्ने सुझाव पाएकोबारे भने मिडियामा बताईरहन्छिन् । यसप्रकार उनकी आमा रेखाको विवाहलाई लिएर चिन्तित देखिन्छिन् । रेखाले पनि दोस्रो विवाह हुन सक्ने कुरालाई भने नकारेकी छैनन् । उनले पनि बल्ल पो मेरो बिहे गर्ने उमेर भयो भनेर संचार माध्यममा बाक्लै मजाक गरिरहेकी भेटिन्छिन् ।

बहुविवाह गर्न माहिर छवि भने अर्को बिहेका लागि मानसिक हिसाबले तयार भईसकेका छन् । पारिवारिक दबाब पनि बढेका कारण उनको विवाह छिट्टै हुने आंकलन गरिएको छ । रेखा र छवि केही दिन अघि डिभोर्सका लागि अदालत पुगेका खवरहरु पनि आएका छन् । रेखा र छवि छुट्टाछुट्टै बसेपनि सम्बन्ध भने सौहार्दपूर्ण नै रहेको बुझिएको थियो ।

पछिल्लोपटक रेखाकी दिदीकी छोरा नायक आभाष अधिकारीको जन्मदिनमा छविलाई पनि निम्तो थियो । जन्मदिन पार्टीमा पुगेका रेखा र छविले बातचित गरी अंकमाल गरेका थिए । यसअघि पनि सार्वजनिक कार्यक्रममा यी दुईलाई सँगसँगै देखिएको थियो ।

Labels: Comedy, Entertainment, National News, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com