• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, National News » पटक–पटक बलात्कारको सिकार बनेकी १३ वर्षीया बालिका यसरी आमा बन्न बाध्य
पटक–पटक बलात्कारको सिकार बनेकी १३ वर्षीया बालिका यसरी आमा बन्न बाध्य

Rape-in-Dang
काठमाडौंमा बस्दै आएकी जुनु (परिवर्तित नाम) १० महिना अघिसम्म कक्षा ८ की नियमित विद्यार्थी थिइन् ।
बाबुआमाले तरकारी बेचेरै उनलाई पढाउँदै थिए । १० महिनाअघि उनको जीवनमा यस्तो कहालीलाग्दो दुर्घटना भो, जसले उनको भविष्य मात्र अन्योलमा पारेन १३ वर्षको कलिलो उमेरमै आमा बन्न बाध्य पार्यो । कीर्तिपुर बल्खु क्षेत्रमा तरकारी बेच्ने एक भारतीय व्यपारीको आपराधिक मानसिकताको सिकार बनेकी उनी बुधबार काठमाडौं जिल्ला अदालतबाट एक महिनाको बच्चा च्यापेर मलीन अनुहारमा बाहिर निस्कँदै थिइन् ।

भारत घर भएका लड्डु भन्ने इनोसकुमार दासले एकान्तको मौका छोपेर काठमाडौंमा उनलाई पटक–पटक बलात्कारको सिकार बनाए । दासको धम्कीका कारण घटनाबारे मौन बस्दाबस्दै उनको गर्भमा बच्चा हुर्किएको २२ साता बितिसकेको थियो । छोरीको अस्वाभाविक बानीबेहोरा र निराशापन अनुभव भएपछि बल्ल बाबुआमाले घटनाबारे जानकारी पाए । त्यसपछि न्याय माग्न उनीहरु प्रहरीमा पुगे ।

प्रहरी अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा जबर्जस्ती करणी अभियोगमा दासविरुद्ध मुद्दा दायर भयो । उनलाई १५ वर्षको कैद सजाय सुनाइएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

Labels: Comedy, Entertainment, Health, National News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com