• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, National News, News » सार्वजनिक विदाका दिन संसद भवन पुगे प्रधानमन्त्री केपी शर्मा ओली
सार्वजनिक विदाका दिन संसद भवन पुगे प्रधानमन्त्री केपी शर्मा ओली

kp oli
काठमाडौं–व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओली एक्लै थिए भन्दा पत्यार नलाग्न सक्छ । तर, बिहीबार संसद परिसर नयाँ बानेश्वरमा त्यस्तै पत्याउन नसकिने दृश्य देखियो । 

बिहीबार मध्यान १२ बज्दै थियो । व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरको मूल गेटमा प्रधानमन्त्री ओली एक्लै देखिए । त्यहाँ प्रधानमन्त्री देख्नासाथ झुम्मिने कुनै सांसद थिएनन् । प्रधानमन्त्री ओलीका सुरक्षार्थ खटिएका सुरक्षाकर्मी मात्रै थिए, उनीहसँग । दक्षिण गेटमा एक्कासी साइरन बजाउँदै सुरक्षाकर्मीको गाडी पछिपछि रहेको ट्राफिक प्रहरीले मोटरसाइकल हुइँक्याउँदै संसद परिसर प्रवेश गर्न थाल्यो ।

गेटमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी भने प्रधानमन्त्रीको सवारी देखेर अक्मकिए । तर, उनीहरुमा रोक्न सक्ने साहस देखिएन । स्कर्टिङको गाडीसहित प्रधानमन्त्री ओली सुरक्षाकर्मीसहित संसद परिसर प्रवेश गरे । व्यवथापिका संसद भवनको मुल गेट अगाडि सदाझै स्कर्टिङको गाडी रोकियो । सुरक्षाकर्मीले गाडीको ढोका खोलेपछि प्रधानमन्त्री सदाझै उच्च मनोबलका साथ टकटक.. भित्र जान थाले ।

उनीभित्र जानलाग्दा सधैजसो सलोट हान्ने मर्यादापालक थिएनन्, त्यहाँ । तैपनि उनी भित्र जान लागे । तर गेट बन्द थियो । सांसद र मर्यादापालक कोही थिएनन्, सुनसान थियो, मुलद्वार ढोका । यो दृश्य नियालेपछि प्रधानमन्त्री ओलीले यता उता नियाले तर उनको नजरले चराचुरुंगी मात्रै देख्यो । त्यसपछि दाहिने कोटको खल्तीबाट मोबाइल झिकेर उनले कसैलाई टेलिफोन सम्पर्क गरे ।

फोन उठाउँदै उनी फर्किएर पुनः आफू सवार गाडीभित्र प्रवेश गर्न लम्किए । स्रोतका अनुसार उनले टेलिफोनमा आज किन चाँडै संसद सकियो ? कि विपक्षीले फेरि अबरोध गरे ? भन्दै प्रश्न सोधेको स्रोतले बतायो । आजको राजधानी दैनिकमा खबर छ ।

Labels: Comedy, Entertainment, National News, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com