• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
International, News, Prabash » साउदी अरवमा एक नेपाली कामदारमाथि स्थानीय काला जाति द्धारा संघातिक आक्रमणका साथै लुटिए
साउदी अरवमा एक नेपाली कामदारमाथि स्थानीय काला जाति द्धारा संघातिक आक्रमणका साथै लुटिए

Chakra-Pun
दुबई । साउदी अरबको अल खोबार स्थित टोक्बा बाहनियामा एक नेपाली माथि शुक्रबार साँझ आक्रमणका साथै लुटपाटसमेत भएको छ ।

४ वर्ष अघि रोजगारीका लागी साउदी अरव पुगेका म्याग्दी मराङ-७ पोनथोकका २९ बर्षीय चक्र पुनमाथि शुक्रबार साँझ करीब ८ बजे त्यहाँका स्थानीय काला जातीका अरबीले आक्रमण गरी १४ सय ५० साउदी रियाल (करीब ४० हजार रुपैयाँ ) लुटेका थिए ।

‘साँझ मार्केट गएर र्फकदै थिएँ, ४ जनाको समूहमा आएकामध्ये एकले मलाई उछिने र घाँटी समाए अर्को दुईजनाले हात समाते एकजनाले कुटपिट गरेर खल्ती च्यात्दै साथमा भएको नगद लुटे’ पीडित पुनले भने, ‘मैले चच्यिाएर गुहार माग्न पनि सकिनँ मलाई छोडेर उनीहरु अन्यलाई लुट्न थाले त्यसैबेला दौडेर कोठामा आइपुगेँ, धन्न ज्यान बाँच्यो ।’

आकर्मणबाट पुनको आँखा, घाँटी र कन्चटमा सामान्य चोट लागेको र कपडा च्यातीएको छ । पछिल्लो समय यस्ता घटनाहरु उल्लेख्य हुन थालेको महशुस आफुले गरेको बताउँदै साउदीमा कार्यरत नेपाली दाजुभाइलाई सजक रहन पनि पीडित पुनले आग्रह गरेका छन् ।

साउदी अरबको दम्माम क्षेत्रका सियाद, अल-खोबार, जुबेल एरियामा नेपाली लगायत अन्य मुलका कामदारहरुमाथि समेत लुटपाट र आक्रमणको घटना बढ्दै गएको त्यहाँ कार्यरत नेपालीहरु बताउँछन ।

नेपालीहरुको प्रमुख गन्तब्य मध्येको साउदी अरब बिदेसी कामदारको लागी दलालको ठगी बाहेक सुरक्षामा बलियो मानिएको देश हो । तर पछिल्लो समय यमनमा भएको द्वन्दमा साउदी अरबियाको संलग्नता भएपछि जिजान लगायत यमन सँगको सीमा क्षेत्रमा सुरक्षा चिन्ता बढेको छ ।

Labels: International, News, Prabash

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com