चीनले भन्यो– राष्ट्रपति नेपाल आउने निर्णय नै भएको छैन, समर्थन केपी ओलीलाई हैन प्रचण्डलाई हो !
काठमाडौं, साउन ३ । चिनियाँ राष्ट्रपतिको नाम उछालेर सत्ता समीकरणबारे भइरहेका टिप्पणीहरुप्रति चीनले असन्तुष्टि व्यक्त गरेको हो ।
नयाँ सरकार बने ‘चीनियाँ राष्ट्रपति शी जिनपिङको नेपाल भ्रमण रोकिने’ र सम्झौत प्रभावित हुने खालका प्रचारबाजीप्रति चीनले आपत्ती व्यक्त गरेको हो ।
“चीनसँग जोडेर कतिपयले आफ्नो समूहगत हित प्रवद्र्धन गर्न खोजेका छन्” नेपालस्थित चीनियाँ दूतावासका उच्च पदाधिकारीले एभरेष्टदैनिकडटकमसँग भने, “चीनियाँ राष्ट्रपति नेपाल भ्रमण गर्ने कुनै निर्णय नै भएको छैन भने रद्द कसरी हुन्छ ?”
नेपाली राजनीतिमा आफ्ना असफलतालाई ढाकछोप गर्न छिमेकीहरुको कार्ड उपयोग गर्ने प्रवृत्तिप्रति उनले आपत्ती व्यक्त गरे । “चीनले सधैं नेपालको समृद्धि चाहन्छ । हामीले यो वा त्यो देशसँग नेपालको सम्बन्धका आधारमा आफ्नो सम्बन्ध निर्धारण गर्दैनौं ।” उनकाे भनाइ थियाे ।
उच्च पदाधिकारीका अनुसार, चीनियाँ राष्ट्रपति शी जीनपिङको नेपाल भ्रमणबारे सामान्य चर्चा चलेपनि त्यसबारेमा कुनै औपचारिक निर्णय भएको होइन । “नेपाल सुन्दर देश छ, यहाँ भ्रमण गर्न कसले चाहँदैन । तर चाहना हुनु र औपचारिक निर्णय हुनु फरक कुरा हो ।”
वर्तमान सरकार गठनको प्रक्रिया नेपालको आन्तरिक मामिला भएकोले यसमा चीनको कुनै सरोकार नभएको उनले जनाए । नेपालको आन्तरिक मामिलामा चीनले कहिल्यै हस्तक्षेप नगरेको भन्दै उनले भने, “नेपालमा यति ठूला राजनीतिक परिवर्तन भए, तर चीनले सधैं नेपाली जनताको इच्छाको स्वागत गर्यो । चीन नेपालको राजनीतिमा पर्न चाहँदैन ।”
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौताहरु दुई देशबीचका सम्झौता भएकोले सरकार गठनले त्यसमा कुनै असर पर्छ भन्नु कुटनीतिक केटाकेटीपन भएको उनको टिप्पणी थियो । दुईदेशबीच भएको सम्झौतामा सरकार फेरिनुले अर्थ राख्छ भन्नु सामान्य राजनीति र कुटनीति नबुझेका मानिसहरुको टिप्पणी रहेको उनले बताए । “सम्झौता दुई देशबीच भएको हो । नेपालका कुनै प्रधानमन्त्री र चीनका कुनै पदाधिकारीबीच भएको होइन । त्यसैले सरकार परिवर्तनसँग छिमेकीको सम्बन्ध गाँसिनु दुर्भाग्यपूर्ण हो” उनले भने ।
नेपाल र चीनबीच हालै भएका सम्झौताहरुबारे गलत बुझाई भएर अहिलेका गलत प्रचारहरुले स्थान पाएको उनले बताए । “सम्झौताहरुको ऐतिहासिक विकासक्रम हुन्छ, केरुङ नाका, पोखरा विमानस्थल, सिल्क रोड, पारवहन र अन्य द्विपक्षीय सम्बन्ध जस्ता दीर्घकालिन महत्वका विषयमा लामो समयदेखि नेपाल र चीनबीच छलफल चलिरहेको थियो । यसअघि प्रचण्डजीको भ्रमणको बेला नै यसबारे मोटामोटी सहमति पनि भएको थियो । त्यसपछि पनि सचिव र अन्य तहमा यसबारेमा निकै छलफल भएपछि बल्ल यसले मूर्तता पाएको हो । यो आकस्मिक सम्झौता होइन ।” उनले स्पष्ट पारे ।
“चिनियाँ विदेश मन्त्रालयको वेभसाइट देखाउँदै उनले अगाडि भने “यी हेर्नुस्, यसअघि सन् २०१३ अप्रिल १८ तारिखका दिन प्रचण्ड र चीनियाँ राष्ट्रपति शी जिनपिङको भेटमा नेपाल र चीनबीच जलविद्युत, रेलवे, पारवहन, सडक, विद्युत, विमानस्थललगायतका क्षेत्रमा दीर्घकालिन सम्झौता हुनुपर्ने र चीनले सहयोग गर्नुपर्ने धारणा प्रचण्डले राखेका थिए । त्यतिबेला राष्ट्रपतिले नेपाललाई सहयोग गर्ने बचनबद्धता व्यक्त गरेका थिए । प्रधानमन्त्री ओली महोदयको भ्रमणका क्रममा त्यसले मूर्त रुप पायो । तर यसलाई नै राजनीतिको विषय बनाउनु दुखद हो ।”
नेपालको आन्तरिक विवादका कारण सत्ता परिवर्ता भएर नयाँ प्रधानमन्त्री भएमा चीनले स्वागत गर्ने भन्दै उनले भने, “यो चीनको परम्परा नै हो । नेपालमा कोही प्रधानमन्त्री बन्छ भने सबैभन्दा पहिला चीनले नै स्वागत गर्छ ।” प्रचण्डको नाम नलिइकन उनले भने ।
नाकाबन्दीको समय नेपाल अप्ठ्यारोमा परेको बेला चीनले सक्दो सहयोग गरेको बताउँदै उनले यसलाई राजनीतिकरण गर्न नहुनेमा जोड दिए । उनले भने, “चीनको सदासयता र सहयोगलाई राजनीतिकरण गरिनु दुखको कुरा हो । अझ यसलाई नै लिएर नेपाली नेपालीबीच देखिएको विवादले हामीलाई दुखित तुल्याएको छ।”
नेपालको पछिल्लो राजनीतिकक घटनाक्रमलाई चीनले नजिकसँग नियालेर हेरिरहेको बताउँदै उच्च श्रोतले भने, “यो अन्यौलता चाँडै हटोस् भन्ने हाम्रो चाहना हो । सरकार गठन होस्, संविधान निर्माण होस र नेपाल प्रगतिको दिशातर्फ अघि बढोस् यही हाम्रो चाहना हो ।”

0 comments
Write Down Your Responses