• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » नेपाली काँग्रेसका युवा नेता गगन थापा नयाँ शक्तिमा जाने लगभग पक्का भएको खुलासा
नेपाली काँग्रेसका युवा नेता गगन थापा नयाँ शक्तिमा जाने लगभग पक्का भएको खुलासा


gagan thapa

१० जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भटटराई र नेपाली कांग्रेसका युवा नेता गगन थापाबीच समय–समयमा भेट भइरहने खबर बाहिर आइरहन्छ । बाबुरामले प्रचण्ड नेतृत्वको माओवादी छाड्दादेखि नै विभिन्न राजनैतिक दलका युवा तथा बौद्धिक वर्गका नेता नयाँ शक्तिमा ल्याउने घोषणा गर्नुले पनि बाबुराम र गगनबीचको सम्बन्धलाई पत्रकार र जनताले विशेष रुपमा हेरियो। 

बाबुरामले जेठ ३० गते आफ्नो पार्टीको औपचारिक घोषणा गर्ने भएका छन् । उनले रंगशालामा १ लाख कार्यकर्ता उतारी पार्टीको घोषणा गर्ने तयारी गरेको छ । सोही दिन गगन पनि बाबुरामको नयाँ शक्ति पार्टी घोषणा सभामा जाने भएका छन् । स्रोतका अनुसार कार्यक्रममा उपस्थित हुन भन्दै गगनलाई बाबुरामले औपचारिक पत्र नै काटेको छ । 

त्यसभन्दा अघि नयाँ शक्तिमा समावेश हुने भए पदीय विषयमा छलफल गर्नुपर्ने समेत बाबुरामको प्रस्ताव छ । तर त्यसमा गगनले कुनै प्रतिक्रिया दिएको छैन । पार्टी घोषणा सभामा उपस्थित हुन आग्रह गरेसँग गगनले त्यसमा सहभागिता जनाउने भएका छन् । नयाँ शक्ति नेपालको पार्टी घोषणाका लागि गगन पनि जेठ ३० गते रंगशाला जाने नयाँ शक्तिका एक नेताले बताए । उनका अनुसार त्यसभन्दा अघि गगनलाई नयाँ शक्तिमा ल्याउने विषयमा छलफल गरिने जनाएको छ ।

श्रोत : हाम्रो देश 

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com