मलेसियामा खुलेआम लुटिन्छन नेपाली कामदार
काठमाडौं–जोहोबारुको एक होठलमा क्लिनरको काम गरिरहेका कैलाली, टीकापुरका रतन ऐर पछिल्लो एक महिनामा दुईपटक लुटिए ।
पहिलोपटक बैंकमा रकम निकाल्न पुगेका ऐरलाई स्थानीय युवाले लुटेका हुन् भने दोस्रोपटक मलेसियन प्रहरीले नै ।
ऐरका अनुसार होटलले बैंकमा हालेको तलब निकाल्न जाँदा चार सय रिंगिट (१० हजार आठ सय रुपैयाँ) स्थानीय युवाले लुटेको तीन साता बित्न नपाउँदै सडकमा हिँडिरहेको बेला प्रहरीले नियन्त्रणमा लिई तीन सय रिंगिट (आठ हजार एक सय रुपैयाँ) लुटेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

0 comments
Write Down Your Responses