बाबुराम भट्टराई लाई विद्वानको सभामा अनपढ शोभा नहुने प्रतिक्रिया दिने प्रधानमन्त्री अन्त्यमा यसरी उपस्थित हुदै
काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘अनपढ’ भन्ने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई गतिलो जवाफ दिएका छन् ।
आज दशरथ रंगशालामा हुने नयाँ शक्तिको घोषणा सभामा सहभागी भइदिन तारन्तार फोन गरेपछि ओलीले बाबुरामलाई फोनबाटै विद्धानहरुको सभामा अनपढ मान्छे बोलाउँदा शोभा नदिने जवाफ दिए ।
केही दिनअघि बाबुरामले ‘एसएलसी सम्म पास नगरेका प्रधानमन्त्रीले ज्ञान विज्ञानको कुरा गर्न सुहाउँदैन्’ भन्दै अनपढको संज्ञा दिएका थिए ।
अस्ती आलोचना गरिरहेका बाबुरामले आज ओलीलाई ‘जसरी पनि आइदिनुपर्यो हजुर’ भनेर विन्ती गरेपछि प्रधानमन्त्रीले व्यंग्यात्मक शैलिमा बाबुरामलाई जवाफ दिँदै भने– ‘ए, मलाई बोलाउनुभएको ? विद्वानहरुको सभामा अनपढ आएर शोभा हुँदैन कि ?’
यो प्रश्न सुनेर ट्वा परेका बाबुरामले विषयवस्तु मोड्दै जसरी पनि आइदिन फेरि अनुरोध गरे ।
बाबुरामले अति नै अनुरोध गरेपछि प्रधानमन्त्री ओली दिउँसो तीन बजे नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा जान तयार भएको बालुवाटार स्रोतले जनाएको छ ।
बाबुरामको सभामा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी हुँदैछन् । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने घोषणा सभामा नजाने भएका छन् ।
हेर्नुहोस प्रत्यक्ष प्रशारण

0 comments
Write Down Your Responses