• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » यिनले शौचालय भित्रै महिला कर्मचारी बलात्कार गरेका हुन
यिनले शौचालय भित्रै महिला कर्मचारी बलात्कार गरेका हुन



गोरखा, २८ जेठ । युवा संघका गोरखा जिल्ला अध्यक्ष वसन्त गुरुङले शौचालयमै गएर एक महिला कर्मचारीमाथि बलात्कार गरेको खुलासा भएको छ । युवा संघका पूर्व अध्यक्ष महेश बस्नेत निकट मानिने गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यलयमा जबरजस्ति करणीको मुद्दा समेत दायर भएको छ । तर गुरुङ भने अहिले फरार छन् । 

जिल्ला खेलकुद समितिको कार्यलयमा उनले महिला कर्मचारीलाई यौन सम्पर्कको लागि प्रस्ताब राखेका थिए । तर, उक्त महिला कर्मचारीले अस्विकार गरेपछि उनी शौचालय गएको मौकामा सँगै पसेर बलात्कार गरेका थिए । युवा संघका गोरखा जिल्ला अध्यक्ष वसन्त गुरुङ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता चलिरहेको बेला कार्यालयको चाबी माग्ने निहुँमा कार्यलयमा बोलाएर यौन प्रस्ताब राखेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ । 

प्रहरीको प्ररम्भिक बयानमा पीडितले आफूलाई शौचालयमै गएर जबरजस्ति बलात्कार गरेको बताएकी छिन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका गुरुङको घर गोरखा नगरपालिका चाइनिजधारा हो । उनले गत फागुन १८ गते महिला कर्मचारीलाई शौचालयमै बलात्कार गरेको र सोही अभियोगमा विहीबार मुद्दा दर्ता भएको प्रहरीको भनाई रहेको छ ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com