• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Sports » अर्जेन्टिनी शिक्षिकाले मेस्सीलाई लेखेको पत्र यसरी बन्यो भाइरल
अर्जेन्टिनी शिक्षिकाले मेस्सीलाई लेखेको पत्र यसरी बन्यो भाइरल

Messi
फाइनलमा चिलीसँग पराजित भएपछि निरास मुद्रामा मेस्सी

वर्तमान फुटबलका सर्वोत्कृष्ट खेलाडी लियनल मेस्सीले अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएपछि उनका करोडौं फ्यानहरु निरास छन् । विश्वभरका फुटबल प्रेमीहरुले मेस्सीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न भनिरहेका छन् ।

यसैक्रममा अर्जेन्टिनाका राष्ट्रपति, पूर्व स्टार डिएगो म्याराडोना लगायतलेसमेत मेस्सीलाई राष्ट्रिय टिममा फर्किन भनेका छन् । यसैक्रममा योहाना नाम गरेकी एक अर्जेन्टिनी शिक्षिकाले लेखेको पत्र विश्वभर भाइरल बनेको छ । उनले ‘दोस्रो हुनु भनेको हार्नु होइन’ भन्दै मेस्सीलाई आफ्नो निर्णय फिर्ता लिन अपिल गरेकी छन् ।

यस्तो छ पत्र:

लियोनल मेस्सी,
सायद तिमीले यो पत्र पढ्ने छैनौ, तर म यसलाई एउटा फुटबल फ्यानको रुपमा होइन, एउटा अर्जेन्टिनी शिक्षकको ठाउँमा बसेर लेखिरहेको छु । तिमी फुटबललाई जति मन पराउँछौ, माया गर्छौ, म पनि आफूले रोजेको पेशालाई उत्तिकै माया गर्छु ।

तिम्रा ति बूटहरुको चमत्कार र विश्वभर तिमीप्रतिको श्रद्धालाई देख्ने स्वर्णिम पुस्ताको एक सदस्य हुनुको नाताले यो पत्र लेख्दै गर्दा मलाई एकदमै गर्व महसुस भइरहेछ । यहाँ म हाम्रो देशको सबैभन्दा लोकप्रिय खेलमा तिम्रो अद्भुत क्षमताबारे लेख्न चाहन्छु ।

म आफ्नो पेशाप्रति अति नै प्रतिवद्ध छु, यसलाई निकै माया गर्छु तै पनि मेरा विद्यार्थीहरु म भन्दा कैयन गुणा बढी तिमीप्रति आकर्षित छन् । त्यत्तिको अद्वित्तिय आकर्षण सायद मैलै कहिल्यै पाउने छैन । तर विडम्बना यी कलिला बालबालिका अहिले आफ्नो आइडलले मैदान छोडेको हेर्न बाध्य छन् ।

तिमीले सामना गरिरहेको चुनौतीभन्दा यहाँ हामीले सामना गर्ने चुनौती ठूलो छ, त्यसैले त तिम्रो सहयोगको अपेक्षासहित यो पत्र लेख्दैछु । तिमीलाई फुटबलको एक नायक र उदाहरणीय व्यक्तिको रुपमा पछ्याउन चाहने ति केटाकेटीहरुको व्यवहार विकास गर्ने कठिन उद्देश्यमा तिम्रो साथ र सहयोगको अपेक्षा छ ।

मेरो आग्रह छ, तिमीले त्यस्ता व्यक्तिहरुलाई सन्तुष्टि दिइराख्नु पर्दैन, जो आफूले प्राप्त गर्न नसकेका हजारौँ सपनाहरुबाट निरास भएर एउटा फुटबलरमाथि रिस पोखिरहेछन् । साथै तिनीहरु पनि जो अरुको बारेमा यस्ता टिप्पणी गर्न स्वतन्त्र र निकै सहज ठान्छन् ।

तिमी र मबीच लामो दूरी रहेको भएपनि तिमीले यी शव्दहरु एउटा शिक्षकको अन्तरमनबाट सुनिरहेका छौ, जसले अरुको पेशालाई सजिलै लिने समाज र चिन्तनलाई प्रत्यक्ष भोगिरहेको छ । जसले गोल गर्नुलाई एउटा घर बनाउनु वा एक व्यक्तिको भविष्य बनाउनु भन्दा सजिलो सोच्छ । यही रुग्ण बाध्यताले एउटा मान्छेलाई पतन गराउँछ, अथवा अरुको क्षमतालाई घृणा र आवेगले प्रहार गर्ने मुर्खतापूर्ण मूल्याङ्कन गर्न बाध्य गराउँछ । जितलाई मात्रै महत्व दिने र गल्तिलाई असफलताको रुपमा हेर्ने हाम्रो मानवीय कमजोरीले हामीलाई पाठ सिकाइरहेको छ ।

कृपया मैदान नछोड । मेरा विद्यार्थीहरुलाई अर्जेन्टिनाले जित्नु र पहिलो हुनुलाई मात्रै महत्व दिन्छ भन्ने सोच्नु पर्ने नबनाऊ । तिमी आफ्नो जीवनमा जतिसुकै सफल भएपनि अरुलाई खुसी पार्न सकेनौ भन्ने पर्न नदेऊ । अझै नराम्रो कुरा त अरुलाई खुसी बनाउन आफू बाँच्नुपर्छ, भन्ने महसुस हुन नदेउ । हो, त्रुटीपूर्ण पाठहरु उनीहरुलाई नपढाउ । कैयन कठिन संघर्ष र परिस्थितिको सामना गरेर नै तिमी अहिले यो बिन्दुमा छौ । तर, डाह गर्ने केही मानिसहरु आलोचनाले यसलाई कुरुप बनाउन चाहन्छन् ।

तिमीजस्तो परिवारको पूर्ण साथ, प्रशस्त सम्पति, तथा विश्वभरका करोडौँ मानिसको समर्थन र साथ पाएको व्यक्तिलेसमेत गर्न सकेनौ भने आफ्नो जीवनमा आइपर्ने कैयन समस्याहरु सामना गर्न सक्छौं भनेर मेरा विद्यार्थीहरुले कसरी सोच्लान् ?

मेस्सीले कसरी चामत्कारिक फुटबल खेले भनेर म उनीहरुसँग कुरा गर्न चाहन्न । म त कुनै पनि गोलकिपरलाई छक्याउँदै तिमीले कसरी कैयौँ फ्रिकिकलाई जाली चुमायौ भन्ने कुरा गर्न मन पराउँछु । आफ्नो सपनालाई पछ्याउने क्रममा कैयन पीडादायी इन्जेक्सनहरु लगाएको त्यो मेस्सीबारे कुरा गर्न चाहन्छु । आफूले भोगेकोजस्तै समस्या झेलिरहेका केटाकेटीहरुलाई आफ्नो व्यक्तिगत कमाइबाट सहयोग गर्ने मेस्सीबारे कुरा गर्न चाहन्छु । संसारको सबैभन्दा महत्वपूर्ण पेशासँगै एउटा असल पिता भएर आफ्नो परिवारको रेखदेख गरिरहेको परिपक्व मेस्सीबारे भन्न चाहन्छु । हो, मेस्सी पनि एउटा मानिस हो । अरुकोजस्तै सामान्य मानवीय त्रुटी ऊ बाट पनि हुन्छ, पेनाल्टी पनि मिस हुनसक्छ भन्ने कुरा गर्न चाहन्छु ।

अहँ नछोड, तिमीले यो सेतो र आकाशे रंगको धर्से जर्सी नफुकाल । किनकी जब तिमी आफूले लगाएको त्यो जर्सीलाई तान्छौ, तब हामी त्यहाँ एउटा अर्जेन्टिनी देख्छौँ । तिमीलाई हामी सबैको प्रतिनिधि देख्छौँ । तिमी हामी बीच कै एक अद्वित्ति व्यक्ति हौ भनेर प्रमाणित गर्न कुनै कप वा मेडलको आशा गरेका छैनौं ।

कृपया मेरा विद्यार्थीहरुलाई दोस्रो हुनु भनेको हार्नु हो भन्ने नपारिदेउ । साथै एउटा व्यक्तिको मूल्य उसको दराजमा कतिवटा ट्रफी छ भन्ने कुराले निर्धारण गर्छ, वा खेलमा हार्नु भनेको प्रतिष्ठा नै गुमाउनु हो भन्ने नपारिदेउ ।

चाहे डाक्टर होस्, चाहे सैनिक होस्, चाहे शिक्षक होस् वा फुटबल खेलाडी नै किन नहोस्, महानायक त्यो हो, जसले आफूसँग भएको सबैभन्दा राम्रो कुरा अरुको भलाइका लागि सुम्पिन्छ, भन्ने कुरा मेरा विद्यार्थीलाई सिकाउनु छ । आफ्नो राम्रो कामको सबैले सही मूल्याङ्कन गर्दैनन् भन्ने उसलाई थाहा हुन्छ । जितलाई सबैले आफ्नो मान्छन् र हारमा स्वयमले मात्र जिम्मेवारी लिनुपर्छ भन्ने पनि उसलाई थाहा हुन्छ, तै पनि ऊ त्याग गरिरहेको हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको ऊसँग साहस र नायकत्व छ । सारा विश्वले अब हामीले केही गर्न सक्दैनौं भनिरहेका किन नहुन्, ऊ लड्छ र हारलाई साहस तथा परिपक्वताका साथ सामना गर्दछ । र यस्तो अदम्य साहस भएको मानिसले एक दिन सर्वोत्कृष्ट विजयको स्वाद चाख्नेछ । साथै आलोचकहरुको मुख थुनेर आफैँमा गर्व गर्नेछ ।

मलाई के विश्वास छ भने तिमीमा भएको यही अद्वित्तिय सामर्थ्यका कारण नै सबैले फुटबल-फुटबल भनिरहेका हुन् ।

Labels: Comedy, Entertainment, Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com