नेपालमा फेरी भूकम्पको धक्का, १६ मिनेटको बीचमा दुईवटा भूकम्प
५ म्याग्निच्यूडको गएपछि ४.२ को
काठमाडौंः बझाङलाई केन्द्रबिन्दु बनाएर बुधबार दुई पटक भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो १६ मिनेटको बीचमा बझाङको सुनीकोट र मेलाविसौनी नजिकै केन्द्रबिन्दु बनाएर दुईवटा भूकम्पको धक्का महसुस भएको हो ।
बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा ५ म्याग्निच्यूडको भूकम्पले हल्लाएलगत्तै अर्को भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पहिलो भूकम्प गएको १६ मिनेट नबित्दै ३ बजेर ११ मिनेटमा बझाङकै सुनिकोटलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।
गत वर्ष वैशाख १२ को शक्तिशाली भूकम्पकै परकम्प जारी रहेका बेला बझाङमा नयाँ भूकम्प गएको हो । दिउँसो ३ बजेर ११ मिनेटमा सुनिकोट नजिकै केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो । यी दुई भूकम्पको धक्का बझाङका छिमेकी जिल्ला बाजुरा, कालिकोट र हुम्लासहितका स्थानमा पनि महसुस भएको थियो ।


0 comments
Write Down Your Responses