• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » नेपाली कांग्रेसमा एका एक यसरी बबाल, रामचन्द्र पौडेल बोल्दाबोल्दै बागबजारमा हानाहान, एक घाईते
नेपाली कांग्रेसमा एका एक यसरी बबाल, रामचन्द्र पौडेल बोल्दाबोल्दै बागबजारमा हानाहान, एक घाईते

indu sharma
काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रमुख अतिथिको रुपमा उपस्थित भएको कार्यक्रममा नेविसंघका कार्यकर्ताबीच हानाहान भएको छ । बुधवार बागबजारस्थित होटल हार्दिकमा आयोजित कार्यक्रममा यसरी विद्यार्थीहरुबीच झगडा भएको हो । 

‘अबको शिक्षा नीति कस्तो हुनुपर्छ’ अन्तरक्रिया कार्यक्रममा पौडेलले भने, ‘हिजो प्रजातन्त्रको लागि लड्यौं, राजतन्त्रको विरुद्व लड्यौं र नेविसंघ स्थापना गर्यौं तर आज तपाईंहरु एकआपसमा किन लडनुहुन्छ ?’ ‘यस्तो गुटबन्दीलाई अन्त्य गरौं’ भन्दै पौडेल बाहिर निस्कन नपाउँदै यसरी हानाहान भएको थियो । ‘चारैतिरबाट एक्कासी आक्रमण हुन थाल्यो । 

विद्यार्थी नेता÷कार्यकर्ता एक आपसमा नै हानाहान गर्न थाले’ विद्यार्थी नेता कुन्दन काफ्लेले भने, ‘अहिलेको नेतृत्वले प्रतिनिधिको चयन गर्न ६ सयभन्दा बढी तयारी गरिरहेको छ, र पौडेलले बोलिसकेपछि बाहिर निस्किए यही विषयलाई लिएर झगडा भएको हो ।’ झगडामा परी नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इन्दु शर्मा घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ । नेपाल विद्यार्थी संघमा ठूलो विवाद छ । गुटबन्दीको कारणले महाधिवेशन ९ वर्षदेखि हुन सकिरहेको छैन । नेपाल विद्यार्थी संघको महाधिवेशन नजिकँदै गर्दा अहिले विभिन्न होटलहरुका कार्यक्रम गरिरहेका छन् । आउँदो साउन २३ गतेदेखि २५ गतेसम्म महाधिवेशन मिति तोकिएको छ । 

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com