• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Health, International, News, Prabash » अफगानिस्तान घटना : श्रीमानको शव बुझ्न जेठी-कान्छी श्रीमतीबीच लाजमर्दो लडाई
अफगानिस्तान घटना : श्रीमानको शव बुझ्न जेठी-कान्छी श्रीमतीबीच लाजमर्दो लडाई

भैरहवा, ८ असार । अफगानिस्तानमा आतंकवादी आक्रमणमा परेर ज्यान गुमाएका रुपन्देहीका एक पुरुषको दाहसंस्कार गर्ने विषयमा दुई श्रीमतीबीचको झगडाले तनाव मच्चिएको छ ।

काबुल घटनामा मृत्यु भएका वुटवल रुपन्देहीका ४१ बर्षीय जितेन्द्र थापाको शब बुधवार साँझ भैरहवामा ल्याइएको छ । थापाको शव नेपाल एअरलाइन्सको जहाजमा सरकारले काठमाडौं ल्याएको थियो भने काठमाडौंबाट सोझै नेपाली सेनाको हेलिकप्टरले भैरहवा ल्याइएको थियो । थापाको शब नेपाली सेनाले भैरहवा ल्याइसकेपछि उनको जेठी र कान्छी श्रीमती भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आएका थिए । थापाको शव बुझ्ने क्रममा जेठी श्रीमति गौमती थापा र कान्छी श्रीमती सञ्जिता थापाबीच विवाद उत्पन्न भयो ।

कान्छी श्रीमतीले जेठीसँग जितेन्द्रको सम्बन्धविच्छेद भइसकेकोले श्रीमानको शव बुझ्ने र अन्त्येष्टि गर्ने अधिकार आफूले पाउनुपर्ने भन्दै काठमाडौमै दाबी गरेकी थिइन् तर कान्छी श्रीमतीको विवाह दर्ता समेत नभएकोले प्रमाण नपुगेको भन्दै रुपन्देही प्रशासनको पहलमा शव रुपन्देही ल्याइएको हो । त्यसपछि शव आएको केहीबेरमै कान्छी श्रीमती पनि काठमाडौंबाट बुद्ध एअरमार्फत भैरहवा आएकी थिइन् ।

कान्छी र जेठी दुबै श्रीमती, सामाजिक अगुवा शिव सुवेदी, रुपन्देहीका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालसहित, जेठी र कान्छीतर्फका आफन्तबीचको छलफलपछि अन्ततः दुबै श्रीमतीले भैरहवास्थित बिमानस्थलमै शव बुझे ।


थापा जेठी श्रीमतिसँग छुट्टिएर कान्छीसंगै बस्दै आएको खुलेको छ । जेठी श्रीमतीसहित २ छोराले थापालाई माना चामलको मुद्दा हाली जिल्ला अदालत रुपन्देहीको फैसला अनुसार छुट्टिएर बसेका थिए । पछिल्लो समय थापा कान्छी श्रीमतीसँग काठमाडौं बस्दै आएका थिए । यही २०७३ फागुनमा नेपाल आई कान्छी पट्टिको छोराको न्वारन गरी अफगानिस्तान फर्केका थापा अब कहिल्यै नफर्कने गरी बाकसमा नेपाल फिर्ता भएका छन् ।

थापाको जेठी श्रीमतीतर्फ २ छोरा छन् भने कान्छीतर्फ १ सन्तान छन् । जेठी श्रीमतीका परिवारले क्रिस्चियन धर्म मान्ने हुँदा क्रिस्चीयन धर्मअनुसार अन्तिम संस्कार गर्ने र कान्छीले थापा र आफू हिन्दू भएको हुँदा हिन्दू संस्कार अनुसार अन्तिम संस्कार गर्नुपर्ने दाबी गरेका छन् ।

अन्तिम संस्कार सामाजिक रीतिरीवाज र घरसल्लाह गरेर गर्ने गरी शव बुझाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए । थापाको बिहीबार बुटवलमा दुबै श्रीमती र घरको सल्लाह र सहमतिमा दाहसंस्कार गरिने सामाजिक अगुवा शिव सुवेदीले बताए ।

Labels: Health, International, News, Prabash

1 comments

Unknown
June 24, 2016 at 12:29 AM

Bahadur Nepali ! Khana napayepani swasni 2 wota chahine.

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com